सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज लुफ्थान्सा ग्रुपको नेपाल जिएसए नियुक्त
आइतबार, ०३ चैत २०८१, १५ : १३

काठमाडौँ । जर्मनीमा मुख्यालय रहेको लुफ्थान्सा ग्रुपले सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजलाई आधिकारिक रूपमा आफ्नो अफलाइन जिएसए नियुक्त गरेको छ ।
लुफ्थान्साले आफ्नो ग्रुपको ३ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सहरु—लुफ्थान्सा एयरलाइन्स, स्विस इन्टरनेशनल एयरलाइन्स र अस्ट्रियन एयरलाइन्सको नेपाल जिएसएको रूपमा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजलाई नियुक्त गरेको हो ।
सम्झौता अनुसार सोसाइटी इन्टरनेशनलले नेपालमा लुफ्थान्सा ग्रुपको लागि अभिन्न र रणनीतिक साझेदारको रूपमा काम गर्नेछ । साथै, नेपालभर बजार पहुँच विस्तार गर्दै अफलाइन वितरण प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी समेत निर्वाह गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालय र तिलगङ्गा आँखा अस्पतालबिच सम्झौता
-
विष्णुमती नदी सफाइका क्रममा मूर्ति भेटियो
-
स्थगित अभियान सुरु गर्नेबारे माओवादी अलमलमा
-
सिद्धार्थ बैंकको टपअप र फोनपे डाइरेक्ट अभियान
-
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
-
बीआरआई नेपालको हितमा रहेकाले विवाद गर्नुपर्ने कारण छैन : खनाल