आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको नयाँ अफर, आईफोन १६ जित्ने अवसर

आइतबार, ०३ चैत २०८१, १५ : ०९
आइतबार, ०३ चैत २०८१

काटमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टप अप र फोन फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन १६ प्राप्त गर्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुन ग्राहकहरूले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ मोबाइल बैंकिङ एपमार्फत कम्तीमा रु १०० को मोबाइल टपअप र कम्तीमा रु ५०० को फोनपे डाइरेक्ट कारोबार गर्नुपर्नेछ । यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्नुहुनेछ ।

यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु १०० को मोबाइल टपअप प्राप्त गर्नेछन् । त्यसैगरि अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आईफोन १६ प्रदान गरिनेछ । यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप