संसद्को शून्य समयमा जनार्दन शर्माले उठाए ५ विषय

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रतिनिधिसभा बैठकको शून्य समयमा पाँच विषय उठाएका छन् । पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी सांसद शर्माले विकास निर्माण, अनियमितता र सहमति कार्यान्वयनका विषय उठाएका हुन् ।
उनले आन्दोलनरत शिक्षकका माग सम्बोधन गरी सम्झौता लागु गर्न सरकारसँग माग गरेका छन् ।
हुलाकी मार्गका दुई र पुष्पलाल लोकमार्गको एक पुल कहिले बनिसक्छन् समय तालिकासहित निर्माणका लागि निर्देशन दिन सभामुखलाई उनले आग्रह गरे ।
‘हुलाकी मार्गमा बन्दाबन्दै भासिएको कमला पुल, हुलाकी मार्गकै बडरवा बागमती पुल र मध्यपहाडी पुष्पलाल लोकमार्गको भेरी नदी चौरजहारी पुल अलपत्र परेका छन्,’ माओवादी सांसद शर्माले भने, ‘कहिले निर्माण हुन्छन् समय तालिकासहित निर्माणका लागि आवश्यक निर्देशनका लागि सभामुखलाई आग्रह गर्न चाहन्छु ।’
ग्वार्कोको फ्लाइओभरबारे प्रश्न उठाउँदै सांसद शर्माले छानबिन गर्न माग गरेका छन् । ‘ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर बनाउँदा बनाउँदै भत्काउने र फेरि बनाउने कुराको जिम्मेवार को हो ? यसको छानबिन गरियोस्,’ सांसद शर्माले भने ।
पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन थप सुविधा दिने कुरा गर्नुभन्दा गरिबी निवारणमा लगानी गर्ने कानुन बनाउन उनले सरकारलाई आग्रह गरेका छन् । मिर्गौला र क्यान्सरपीडितहरूलाई सहयोग गर्नेतिर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालय र तिलगङ्गा आँखा अस्पतालबिच सम्झौता
-
विष्णुमती नदी सफाइका क्रममा मूर्ति भेटियो
-
स्थगित अभियान सुरु गर्नेबारे माओवादी अलमलमा
-
सिद्धार्थ बैंकको टपअप र फोनपे डाइरेक्ट अभियान
-
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
-
बीआरआई नेपालको हितमा रहेकाले विवाद गर्नुपर्ने कारण छैन : खनाल