संसद् बैठक
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक’माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
आइतबार, ०३ चैत २०८१, १४ : ४५

काठमाडौँ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ विचार गरियोस भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ । योसँगै विधेयकमाथि छलफल हुने बाटो खुलेको छ ।
विधेयकमाथि संशोधन प्रस्ताव राख्न पनि समय खुला गरिएको छ । सभामुख देवराज घिमिरेले संशोधनका लागि सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको विधेयक शाखामा सम्पर्क राख्न सांसदहरूलाई भनेका छन् ।
यो विधेयक ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई प्रतिस्थापन गरेर ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसारमा जहाँजहाँ राजतन्त्र छन्, त्यहाँ षड्यन्त्र नै छ
-
प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू
-
सरकारले ल्याएका अध्यादेशलाई प्रतिस्थापन गर्ने ५ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत
-
प्रतिगामी षड्यन्त्रविरुद्ध सशक्त प्रतिकार गर्ने नेसपाको निर्णय
-
उपत्यकाका ६ क्याम्पसमा तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन
-
आफ्नो फोटो जलाउनेप्रति प्रचण्डको प्रतिक्रिया– लोकतन्त्रमा विरोध गरेकै आधारमा पक्राउ पर्नु उचित होइन