पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानुन बनाउन खोजिएको हो : महत
आइतबार, ०३ चैत २०८१, १४ : २३

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानुन बनाउन खोजिएको बताएका छन् । आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले पूर्वविशिष्टको सुविधा बढाउनका लागि नभई घटाउने गरी कानुन बनाउन खोजिएको बताएका हुन् ।
पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरी कानुन बनाउन खोजिएको विषयमा कुनै सत्यता नरहेको उनले बताए । उनले पूर्वविशिष्टहरूको सुविधालाई घटाउने गरी कानुन अघि बढाउने स्पष्ट पारे ।
प्रवक्ता महतले मुलुकमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा राजसंस्था पुनर्स्थापित गराएर जनताले जोखिम लिन नसक्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा सर्यो
-
एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ : लिङ्देन
-
नेपाल र भारतबिच ऊर्जा विकासका लागि सम्झौता
-
कश्मीरको पहलगाममा पर्यटकमाथि आतंकवादी हमला, १ जनाको मृत्यु, दर्जन बढी घाइते
-
केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन
-
कक्षा १२ काे परीक्षा सार्न प्रधानमन्त्रीको अनुरोध, निर्णय गर्दै बोर्ड