आईपीएलभन्दा वृहत् फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्ने तयारीमा साउदी सरकार

काठमाडौँ । साउदी अरबले विश्वकै सबैभन्दा महंगो र वृहत फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलकुदलाई आम्दानीको महत्वपूर्ण स्रोत बनाउने उद्देश्यले साउदीले यस्तो तयारी अगाडि बढाएको समाचारमा जनाइएको छ ।
विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) लाई पनि पछि पार्ने उद्देश्यले साउदीले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको दाबी गरिएको छ । साउदी अरबले प्रारम्भिक चरणमा यो प्रतियोगिताका लागि पाँच सय मिलियन अमेरिकी बडल खर्च गर्ने भएको छ ।
यसका अतिरिक्त साउदीले महिला लिग पनि सुरु गर्ने भएको छ । साउदीको यो योजनामा अस्ट्रेलियाका क्रिकेट विशेषज्ञँ र अस्ट्रेलियन क्रिकेटरहरुको संघले पनि साथ दिने बताइएको छ । यो प्रतियोगिता साउदी अरब सरकारले खेलकुदका लागि छुट्याएको बजेटबाट आयोजना गरिने छ ।
यसैगरी, केही वहुराष्ट्रिय कम्पनीहरुले पनि यो प्रतियोगितामा लगानी गर्ने बताइएको छ । साउदी सरकारले सन् २०२० देखि फुटबल, टेनिस, गल्फ, फर्मुला वन रेसजस्ता खेलमा निकै ठुलो रकम लगानी गर्दै आएको छ ।
यसका अतिरिक्त, साउदी अरब सरकारले फिफा विश्वकप आयोजनाका लागि प्रस्ताव गर्ने तयारी पनि गरिरहेको छ । साउदीमा आयोजना हुने भनिएको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्रान्डस्लाम टेनिस’ को ढाँचामा खेलाइने बताइएको छ ।
लिगको सुरुवाती चरणमा आठवटा टोली सहभागी हुनेछन् । वर्षभरी यी आठ टोलीले विभिन्न राष्ट्रमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि फाइनल भिडन्त भने साउदी अरबमा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९० हजार मेट्रिक टन गहुँ ल्याउन ७ व्यापारिक कम्पनीले पाए अनुमति
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक
-
सिङ्गो दलित परिवार नै नागरिकताविहीन
-
ब्रेक फेल हुँदा इन्द्रसरोवरमा भारतीय गाडी दुर्घटना
-
बाँकेमा एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ
-
बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर