संविधानले नचिन्ने राजतन्त्रको बारेमा बहस गर्नु उचित होइन : पन्त

काठमाडौँ । नेकपा एमाले सांसद रघुजी पन्त संविधानले राजतन्त्रलाई नचिन्ने भएकाले संसद्मा यस विषयमा बहस गर्नु उचित नभएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष बोल्दै सांसद पन्तले मुलुकमा व्यवस्था परिवर्तन भएसँगै गणतन्त्र स्थापना भइसकेको भन्दै संविधानले नचिन्ने राजतन्त्रका बारेमा संसद्मा बहस गर्न उचित नभएको बताएका हुन् । इतिहासका विभिन्न घटना प्रस्तुत गर्दै उनले राजतन्त्रको कालखण्डमा घटेका घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको तर्क गरे ।
सांसद पन्तले राजतन्त्रको कालखण्डका दृष्टान्त प्रस्तुत गरेपछि राप्रपा सांसद ज्ञानबहादुर शाहीले आपत्ति जनाएका थिए । राजतन्त्र पुनरुत्थानको वकालतकर्ता सांसद शाहीले आफ्नो अभिव्यक्तिप्रति आपत्ति जनाएपछि सांसद पन्तले आफ्नो समयमा बोल्न र इतिहास पढेर आउन सुझाव दिए ।
त्यस्तै सांसद पन्तले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरि कानुन बनाउन खोजिएको विषयमा भएका चर्चाको मन्त्रीहरूले सदनमा जवाफ दिनुपर्ने बताए । जनताको भावनालाई नबुझ्ने र प्रधानमन्त्रीलाई नटेर्ने मन्त्रीहरूलाई सरकारमा राखिरहन आवश्यक नरहेको उनले बताए । उनले अहिलेको अवस्थामा मन्त्रीहरू फेर्ने अवस्था आएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएका अध्यादेशलाई प्रतिस्थापन गर्ने ५ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत
-
प्रतिगामी षड्यन्त्रविरुद्ध सशक्त प्रतिकार गर्ने नेसपाको निर्णय
-
उपत्यकाका ६ क्याम्पसमा तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन
-
आफ्नो फोटो जलाउनेप्रति प्रचण्डको प्रतिक्रिया– लोकतन्त्रमा विरोध गरेकै आधारमा पक्राउ पर्नु उचित होइन
-
बालसुधार गृहमा झडप प्रकरणः आयोगले सुरु गर्यो अनुगमन
-
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन ८ र ९ चैतमा, एकहजार प्रतिनिधि सहभागी हुँदै