प्रधानमन्त्री र राष्ट्रपति जनताले चुनेका होइनन् : सांसद शाही
आइतबार, ०३ चैत २०८१, १२ : ५६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल जनताले नचुनेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले त्यस्तो विचार व्यक्त गरेका हुन् ।
राजतन्त्र पुनरुत्थानको वकालतकर्ता सांसद शाहीले वर्तमान व्यवस्था जनतालाई चाहिएको नभई ठुला बडा सबै मिलेर खानलाई चाहिएको बताए । गरिब जनताका लागि यो व्यवस्था उचित नभएको उनको दाबी थियो ।
जुम्लाबाट निर्वाचित सांसद शाहीले आफूहरूले राजासहितको लोकतान्त्रिक प्रजातन्त्रका लागि प्रयास गरिरहेका बताए । ‘प्रजातन्त्र र लोकतन्त्र मासिन्न, राष्ट्रपतिका स्थानमा राजा राखिन्छ । राजासहितको प्रजातन्त्र चाहिन्छ, खुलमखुला बहस गर्न तयार छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ