त्रिविका ४ विद्यार्थी संगठनले मागे निर्वाचन समिति संयोजकको राजीनामा
आइतबार, ०३ चैत २०८१, १२ : २२

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजकको राजीनामा माग गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन संयोजक प्राडा कृष्णप्रसाद न्यौपानेको राजीनामा मागेका हुन् ।
निर्वाचन समिति पूर्वाग्रही देखिएको भन्दै उनीहरूले राजीनामा माग गरेका हुन्। समिति संयोजक न्यौपानेले उम्मेदवार मनोनयनमा अवरोध गरेको, प्रशासनिक चलखेल गरेको, अन्यायपूर्ण हस्तक्षेप गरेकोले राजीनामा मागिएको बताए ।
नेविसंघ त्रिवि सभापति विष्णु बडैलासहितको समूहले तालाबन्दी गरेको छ। जसले गर्दा ५ चैतमा हुने स्ववियु निर्वाचन अन्योलमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार हुँ भनेर धम्की दिने एकजना पक्राउ
-
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
-
‘हेल्लो काशीराम’ बारे फुलन्देकी आमा – हास्य र व्यङ्ग्यको अनौठो मिश्रण
-
अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी
-
२५ जना सदस्यसहित नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने