सेन्सर बोर्डका सदस्यहरुको योग्यतामाथि रास्वपा सांसदको प्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले सेन्सर बोर्डका सदस्यहरुको योग्यतामाथि प्रश्न उठाउँदै राजनीतिक नियुक्ति पाएकाहरुलाई पदमुक्त गर्न माग गरेका छन् ।
आइतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले यस्तो माग गरेका हुन् । उनले चलचित्र समाजको ऐना भएको उल्लेख गर्दै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको समेत आरोप लगाए । उनले चलचित्रमा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि काटिने भन्दै होस् गार्न चेतावनी दिए ।
उनले चलचित्रकर्मीहरुको सेन्सरसिप विरुद्धको आन्दोलनमा ऐक्यवद्धता पनि जनाए ।
उनले भने,‘चलचित्र समाजको ऐना हो । त्यही समाजका कुरा चलचित्रमा व्यक्त गर्न सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरिरहेको छ । सेन्सरबोडमा राजनीतिक नियुक्ति पाएका सबै ननसेन्सरसदस्यहरुलाई पदमुक्त गरि चलचित्र बुझेका मान्छेलाई नियुक्त गर्न म सरकारसँग माग गर्दछु । र यसरि यसरि फिल्ममा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि त्यही कैँचीले काटिएला होस् गर्न आग्रह गर्दछु ।’
सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले बोलेको भाषणको दृश्य चलचित्र राजागञ्जमा समेटेकोमा आपत्ति जनाउँदै बोर्डले प्रदर्शन अनुमति रोकेको थियो । पछि उक्त अभिव्यक्ति काटेपछि प्रदर्शनको लागि अनुमति दिइएको थियो । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो फोटो जलाउनेप्रति प्रचण्डको प्रतिक्रिया– लोकतन्त्रमा विरोध गरेकै आधारमा पक्राउ पर्नु उचित होइन
-
बालसुधार गृहमा झडप प्रकरणः आयोगले सुरु गर्यो अनुगमन
-
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन ८ र ९ चैतमा, एकहजार प्रतिनिधि सहभागी हुँदै
-
आर्थिक तथा व्यावसायिक वातावरण सुधारसम्बन्धी विधेयक बहुमतले स्वीकृत
-
ओलम्पिक कमिटी विवादमा खेलकुदमन्त्रीले भने, ‘विदेश भ्रमणमा रोक लगाउने निर्णय कायम रहन्छ’
-
राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)