ढोका खुला राखी सवारी चलाएमा पाँच हजार रुपैयाँ जरिवाना हुने
आइतबार, ०३ चैत २०८१, १२ : १५

काठमाडौँ । अबदेखि ढोका खुला राखी सवारी चलाएमा पाँच हजार रुपैयाँ जरिवाना हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको हो ।
यसअघि सामान्य कारबाही हुने गरेता पनि यति ठुलो जरिवानाको व्यवस्था भएको थिएन । काठमाडौँ उपत्यकामा सवारी साधनमा ढोका लगाउन नमिल्ने अवस्थासम्म यात्रु खचाखच पारेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यसरी ढोका खुला राखेर सवारी चलाउँदा यात्रु लडेर थुप्रै दुर्घटना भएको पाइन्छ ।
त्यस्तै अवस्था ठिक नभएको सवारी चलाएमा एक हजार रुपैयाँ जरिवाना हुने समेत उल्लेख छ । निषेधित क्षेत्र र समयमा सवारी चलाएमा एक हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था मस्यौदामा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नमूना विद्यालयमा करोडौं लगानी, गुणस्तर खस्कँदो
-
ला लिगा : एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी
-
प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो
-
भेडापालनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले किसानलाई दियो गोठालो भत्ता
-
१२ बजे, १२ समाचार : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेजदेखि आईजीपी वसन्त कुँवरसहित ९ जनाको अवकाशसम्म
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ