हालसम्मकै सबैभन्दा कम स्कोरमा अलआउट भयो गण्डकी प्रदेश

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशको टोली हालसम्मकै सबैभन्दा कम योगफलमा समेटिएको छ । सिद्धार्थनगर रंगशालामा आइतबार खेलिएको कोशी प्रदेशविरुद्धको खेमला गण्डकी प्रदेश केवल ३१ रनमै अलआउट भएको हो ।
यसअघि कुनै पनि टोली यति कम स्कोरमा अलआउट भएको थिएन । टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकी प्रदेशका चार ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् ।
वंश क्षेत्री, दीपक डुम्रे, रोहित चन्द र सुवाष भण्डारी शून्य रनमै पेभेलियन फर्किएका हुन् । ओपनर अर्जुन कुमालले सर्वाधिक नौ रन बनाए । अर्का ओपनर मुस्कान थापा चार रनमै आउट भए । कप्तान विपिन खत्री पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् ।
अमृत गुरुङले तीन रन बटुले । सुदिप अर्याल एक रनमै आउट भए । तल्लो क्रमका ब्याट्सम्यान चन्द्र पौडेलले पाँच रन बनाए । सुजन गौतम ६ रनमा अविजित रहे । गण्डकी प्रदेशले अतिरिक्त रुपमा दुई रन पायो ।
कोशी प्रदेशका बलर विपिन महतो एक्लैले ६ विकेट लिए । उनले आठ ओभरमा तीन मेडन राख्दै केवल १७ रन खर्चिए । फिरदोष अन्सारीले पनि तीन विकेट लिए । उनले आठ ओभरमा पाँच मेडन राख्दै केवल १० रन खर्चिए । अर्को एक विकेट दिपेश कँडेलले लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?