काठमाडौँ । पाँच वर्षअघि हाम्रो जीवनशैली एकाएक परिवर्तन भएको थियो । कोभिड–१९ ले आक्रान्त पारेपछि संक्रमणलाई रोक्नका लागि विश्वभर लकडाउन लागू गरिएको थियो ।
सरकारले धेरै गतिविधिहरूमाथि रोक लगाएपछि मानिसहरू घरमा बस्न बाध्य भएका थिए । यसले गर्दा कुनै बेला व्यस्त रहने सहरहरू सुनसान बनेका थिए । बाहिर निस्किँदा पनि मानिसहरूले सामाजिक दूरी कायम गर्नुपर्थ्यो ।
नेपालमा पनि २०७६ साल चैत ११ गतेदेखि लकडाउन लागू भएको थियो । १२० दिनसम्म गरिएको कडा लकडाउनपछि त्यसलाई केही खुकुलो बनाइएको थियो ।
यहाँ केही तस्बिरहरू प्रस्तुत गरिएको छ जहाँ लकडाउनका बेला हाम्रो दैनिकी कसरी परिवर्तन भएको थियो भनेर देख्न सक्छौँ ।
प्रतिक्रिया