होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहार, एक युवकको मृत्यु

धनुषा । होली खेल्ने क्रममा शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा भएको विवादमा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार मृतक १९ वर्षीय आँशु यादव रहेका छन् ।
प्रहरीकाअनुसार छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको छ । धनुषा प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद उत्पन्न भएको थियो ।
सोही क्रममा धर्मेन्द्र महतोले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका आँशुलाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भयो । धनुषासहित मधेसका अधिकांश जिल्लामा शुक्रवार होली मनाइएको भएपनि जनकपुरधाममा भने शनिवार होली मनाइएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणकुमार सिंहले जानकारी दिए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूली अल्ट्रा रेस चैत २३ मा हुने
-
हरर र थ्रिलर मिश्रित फिल्म ‘डोरी’ को ट्रेलर सार्वजनिक
-
नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक
-
जनमत र नाउपाबिचको एकता प्रक्रिया अघि बढ्यो
-
नेपाल लाइफ इन्स्योरेन्सका ३ जना सञ्चालकहरूद्वारा पदबहाली
-
सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज लुफ्थान्सा ग्रुपको नेपाल जिएसए नियुक्त