‘होस्टेल ३’ को गीत ‘रक अन’ सार्वजनिक
आइतबार, ०३ चैत २०८१, १० : ३१

काठमाडौँ । गत साता रिलिज भएको फिल्म ‘होस्टेल ३’को गीत ‘रक अन’ सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्म रिलिज भएपनि गीत सार्वजनिक गरेको हो । गीतले फिल्मको प्रचारमा बल पुग्ने अपेक्षा रहेको निर्देशक सशान कँडेलले बताए ।
गीतमा फिल्मका मुख्य कलाकार पारस बम ‘कुलब्वाय’ र रिहान गिरीको साथमा समीर काजीको स्वर छ । महेश ज्ञवालीको शब्द तथा सङ्गीत रहेको गति योगेश काजीले एरेन्ज गरेका हुन् ।
फिल्मले पहिलो साता हप्ता नेपालमा मात्र ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको बताइन्छ । फिल्म नेपालबाहिर मध्यपूर्व, अस्ट्रेलिया लगायतका देशहरूमा समेत प्रदर्शनमा छ ।
फिल्ममा पारस बम ’कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको अभिनय छ । सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी फिल्मका निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर
-
वरिष्ठ प्रहरी हवल्दार मृत फेला
-
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
-
एसईई परीक्षा : गोलाप्रथाद्वारा केन्द्राध्यक्ष तय गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण
-
चैतमा ८ फिल्म : स्टारको दबदबा र कथामा भेराइटी
-
आईपीएल सुरु हुनुअघि कोलकातालाई झट्का, घाइते भए तीव्र गतिका बलर