प्रभात मोही बजारमा

काठमाडौँ । नवप्रभात डेरी उद्योग ललितपुरको लेबलिङ र प्याकेजिङमा प्रभात मोही बजारमा ल्याएको छ । पछिल्लो समय उपभोक्ताको रोजाइमा मोही पर्न थालेपछि डेरी उद्योगीले विभिन्न नाममा मोही बजारमा ल्याउन थालेका हुन् ।
नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. काठमाडौँबिच डेढ वर्ष अगाडि भएको सम्झौता अनुसार प्रत्येक शनिबार काठमाडौँको दरबारमार्गमा हुने रैथाने कृषि हाट बजारमा ठेकीको मोही निःशुल्क सेवन गराउने कार्यक्रमले पनि मोहीको बजार विस्तार भएको एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए ।
त्यसैको प्रभाव स्वरूप उपत्यका बाहिरका जिल्लामा पनि सफलताका साथ एक दर्जन जति डेरी उद्योगले लेबलिङ प्याकेजिङ गरी बजारमा मोही बिक्री गर्न थालेको उनले बताए । उपत्यका एवं बाहिर जताततै त्यसैको प्रभावमा भोज, भतेर, पार्टी शुभकार्यमा अन्य पेय पदार्थसँगै मोहीले पनि प्राथमिकता पाउन थालेपछि यसलाई व्यवसायी रुप दिन थालिएको उनले बताए ।
प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले एक गाउँ एक उत्पादन कार्यक्रमले मौलिक उत्पादनको संरक्षण गरेको बताए ।
उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले नेपाल डेरी एसोसिएसनले दूध तथा दुग्ध पदार्थ विविधीकरण गरी बजारमा पुर्याउन धेरै ठुलो मिहिनेत गरेको बताए । रैथानेका अध्यक्ष तिलक ढकालले समग्र कृषि क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने र अझ दुग्ध क्षेत्र कृषि भित्रको पनि एक प्रमुख क्षेत्र रहेको कुरा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग
-
प्रभु बैंकद्वारा घरपझोङ्ग गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम आयोजना
-
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक’माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
वस्तु घोषणा गर्दा फरक पारेमा वस्तु मूल्यको दुई सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने
-
राजस्व सङ्कलन ठेक्कामा लगाउने कार्य तत्कालै बन्द गर्नुहोस्ः मन्त्री गुरुङ
-
चितवनमा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु