मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव चैत्र १८ गते

सुर्खेत। पटक-पटक अवरुद्ध हुँदै आएको मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव यही चैत्र १८ गते हुने भएको छ।
त्यसका लागि कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयाेजक दीपेन्द्रबहादुर थापाका अनुसार चैत्र ७ गते सङ्गठन दर्ता, १२ गते मनाेनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।
यस्तै चैत्र १५ गते रातिदेखि मौन अवधि सुरु हुने छ भने १८ गते बिहान ७ बजेदेखि मतदान हुने छ ।
यसअघि पटक पटक मुद्दा दायर हुँदा विश्वविद्यालयकाे चुनाव रोकिएको थियाे।
स्ववियु चुनावलाई लिएर कर्णालीमा राजनीतिक दलहरूले आफ्नो प्रतिष्ठानको विषय बनाउनेमा मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पस हुन् ।
दुवै प्रदेश राजधानीका ठुला क्याम्पस भएकाले सबैको चासो यिनै दुई वटा शैक्षिक संस्थामा हुन्छ।
यसैबिच चैत्र ५ गतेका लागि तोकिएको सुर्खेत बहुमुखी क्याम्पसकाे चुनाव भने रोकिएको छ।
नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले बुधबार बेलुका क्याम्पसमा तोडफोड गरेका थिए।
निर्वाचन समितिले असुरक्षाको विषयलाई ध्यानमा राख्दै निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।
विद्यार्थी कार्यकर्ताले ढुंगामुढा गरेपछि क्याम्पसको संरचनामा क्षति भएको बताइएको छ।
निर्वाचन समितिले जारी गरेको सूचनामा निर्वाचन कार्यतालिका अनुसार मंगलबार उम्मेदवारी दर्ताका क्रममा विवाद भयो ।
विवाद समाधान गरेर निर्वाचन गतिविधि अगाडि बढाउने प्रयास गरिए पनि सम्भव भएन ।
'त्यसपछि निर्वाचन समितिको बैठकले निर्णय गरेबमाेजिम प्राप्त उम्मेदवारी दर्ता गरी निर्वाचन प्रक्रिया थप सुरु गर्न खोज्दा विद्यार्थीहरूले नाराबाजी गर्दै तोडफोड गरे,' सूचनामा भनिएको छ, 'अवस्था असहज भएपछि शान्ति सुरक्षा एवम् सार्वजनिक सम्पत्तिको क्षतिलाई मध्यनजर गरी अर्को सूचना प्रकाशित नहुने बेलासम्म निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको छ।'
निर्वाचन अधिकृत प्रेम थापाले चुनाव गर्ने/नगर्ने विषयमा अहिले छलफल हुन नसकेकाे राताेपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजीकरण विधेयक सार्वजनिक संस्थानहरूलाई कौडीको भाउमा बेच्न ल्याइएको होइन : अर्थमन्त्री पौडेल
-
अस्पतालबाट डिस्चार्ज भए एआर रहमान
-
सरकारसमक्ष पेस गरेको राप्रपाको ४० बुँदे माग अलपत्र
-
गोदावरीमा अवैध वन उत्खनन, तीन व्यवसायीविरुद्ध मुद्दा
-
पाकिस्तान : बम विस्फोट हुँदा कम्तिमा पाँच सुरक्षाकर्मीको मृत्यु, ३२ जना घाइते
-
‘संघ संस्थामाथिको हमला लोकतन्त्र माथिको हमला’