च्याम्पियन्स ट्रफीपछि पाकिस्तानलाई अर्को झट्का, न्युजिल्यान्डसामु निरीह बन्यो

काठमाडौँ । हालै सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीमा लज्जास्पद प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएको पाकिस्तानी क्रिकेट टोली न्युजिल्यान्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि निरीह बनेको छ ।
घरेलु टोली न्युजिल्यान्डले आइतबार खेलिएको पहिलो टी–२० अन्तर्राष्ट्रियमा भ्रमणकारी टोली पाकिस्तानलाई नौ विकेटको फराकिलो अन्तरले हराएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १८.४ ओभरमै अलआउट हुनुअघि ९१ रनमात्र बनाउन सक्यो ।
जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने १०.१ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । न्युजिल्यान्डको जितमा ओपनर टिम सिफर्टले ४४ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २९ बलको सामना गरी एक छक्का र सात चौका हिर्काए ।
अर्का ओपनर फिन एलनले पनि टोलीको जितमा अविजित २९ रनको योगदान गरे । उनले केवल १७ बलमा दुई छक्का र दुई चौका प्रहार गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका टिम रोविन्सन १८ रनमा अविजित रहे ।
पाकिस्तानका लागि एकमात्र विकेट अबरर अहमदले लिए । त्यसअघि, पहिले ब्याटिङ गरेको पाकिस्तानका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । पाकिस्तानका दुबै ओपनर मोहम्मद ह्यारिस र हसन नवाज खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।
कप्तान सलमान अघाले १८ रन बनाए । खुसदिल शाहले ३२ रन जोडे । कुनै पनि पाकिस्तानी टोलीका ब्याट्सम्यानले बनाएको यो नै सर्वाधिक रन हो । पाकिस्तानलाई सस्तोमा समेट्न न्युजिल्यान्डका बलर ज्याकब डफीले चार विकेट लिए । उनले ३.४ ओभरमा १४ रन खर्चिए ।
कायल जामिसनले पनि तीन विकेट हात पारे । उनले चार ओभरमा एक मेडन राख्दै केवल आठ रन खर्चिए । प्लेयर अफ दि म्याचको पुरस्कार पनि उनले नै पाए । ईश सोढीले दुई विकेट लिए । जितसँगै न्युजिल्यान्डले पाँच टी–२० खेलको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो खेल मंगलबार खेलिने छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै