चन्द्रागिरिमा पोखरीमा डुबेर बालिकाको मृत्यु
आइतबार, ०३ चैत २०८१, ०९ : ४४
काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा पोखरीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीय पूर्णिमा थापा छिन् ।
सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर–४ घर भएर चन्द्रागिरि नगरपालिका–८ मा बस्ने थापा निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेकी हुन् । बलम्बु स्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
सार्वजनिक पार्कमा पोखरी बनाएर पानी भरेर छाडेको अवस्थामा खेल्ने क्रममा उनी डुबेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज लुफ्थान्सा ग्रुपको नेपाल जिएसए नियुक्त
-
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
-
सिटिजन्स बैंकको नयाँ अफर, आईफोन १६ जित्ने अवसर
-
संसद्को शून्य समयमा जनार्दन शर्माले उठाए ५ विषय
-
मधेसी दलितलाई सामाजिक बहिष्करणको चक्रब्यूबाट निकाल्नुपर्छ : सांसद खान
-
धनुषामा दुईपक्षीय झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार