के अमेरिका लोकतन्त्रको मसिहा हो ?

यसै महिनाको मार्च ४ मा बर्नी स्यान्डर्सले एउटा वक्तव्य प्रकाशित गरे । त्यसमा ‘बितेको २ सय ५० वर्षदेखि अमेरिकाले लोकतन्त्रको समर्थन गरेको’ भनिएको छ । उनले डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाले शताब्दियौँदेखि आन्तरिक र बाह्य दुवै क्षेत्रमा लिने गरेको लोकतन्त्रको पक्षधरतासहितको परम्परालाई भाँड्न खोजेकोमा चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी नेताहरूबाट यस्तो सुन्नु खासै अनौठो कुरा चाहिँ होइन । अघिल्ला राष्ट्रपति बाइडेन बारम्बार अमेरिकालाई लोकतन्त्रको मसिहा भन्ने गर्थे । उनी भन्दा अघिका राष्ट्रपतिहरू पनि त्यसै भन्थे । स्यान्डर्सको वक्तव्यले अमेरिकाको प्रत्येक राजनीतिक धारमा यो भाष्य कतिसम्म व्याप्त छ भन्ने स्पष्ट पारेको छ ।
स्यान्डर्सले के भन्न खोज्दैछन् भन्ने कुरा सबैले बुझ्न सक्छन् । तर, अमेरिका र लोकतन्त्रबारे उनको यो दाबी आधारभूत रूपमै गलत छ । जबकि यस्ता दाबीहरूका विरुद्ध जताततै प्रमाणहरू छताछुल्ल छन् ।
खासमा अमेरिकाको स्थापना लोकतन्त्रको जगमा भएकै होइन । बरु त्यस विपरीत यो त नश्लभेदी राज्यका रूपमा स्थापना भएको हो । यसको स्थापनामै जाती, लिङ्ग तथा वर्गको आधारमा असमानता संस्थागत भएको थियो । यो अल्पतन्त्रको रूपमा सुरु भएको हो ।
यसो भनेर मैले यहाँ कुनै अतिरञ्जना गरेको छैन । यो राम्रोसँग दस्तावेजीकरण भएको सत्य हो । स्थापनाकालमा अमेरिकी राज्यहरूले मतदानको अधिकार सम्पत्तिवाल गोरा पुरुषहरूलाई मात्रै दिएका थिए । त्यो संख्या करिब ६ प्रतिशत मात्रै थियो ।
आज पनि अमेरिका लोकतन्त्रका लागि काम गर्छ भन्ने कुरा सन्देहकै घेरामा छ । शक्ति तीनै दुईवटा पार्टीमा पालैपालो साटफेर हुने गर्छ । यी दुवै पार्टी धनाढ्यहरूले चलाउँछन् ।
श्रमिक वर्गका जनता, महिला तथा अन्य विविध वर्णका मानिसलाई मतदानको अधिकार थिएन । लगभग सबै काला जातिका मानिसलाई आमरुपमा दास बनाइएको थियो । उनीहरूको कुनै अधिकार थिएन । अमेरिकी आदिवासीहरू राज्य–प्रायोजित जातीय सफाया र नरसंहारको निशानामा परेका थिए ।
मतदानका लागि धनको प्रावधान सन् १८५६ मा मात्रै हटाइएको हो । महिलाहरू सन् १९२० सम्म मताधिकारबाट वञ्चित थिए । आदिवासीहरू सन् १९४८ सम्म मतदान गर्न पाउँदैनथे । अमेरिकाको शासनमा औपचारिक रूपमा नश्लभेदी प्रावधान सन् १९६४ मात्रै हटाइएको हो ।
सन् १९६५ अघिसम्म अमेरिकामा अल्पसंख्यकलाई मताधिकार थिएन । यो बुँदा अलिक महत्त्वपूर्ण छ । अमेरिका स्थापनाको १९० वर्षसम्म अर्थात् सन् १९६५ सम्म अमेरिकामा आम मताधिकार थिएन । यी अधिकार पनि लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्ध भनिएको अमेरिकी सरकारले आफै दिएको होइन । श्रमिक वर्गका जनताले संगठित आन्दोलन र संघर्ष गरेर जितेर हासिल गरेका हुन् ।
आज पनि अमेरिका लोकतन्त्रका लागि काम गर्छ भन्ने कुरा सन्देहकै घेरामा छ । शक्ति तीनै दुईवटा पार्टीमा पालैपालो साटफेर हुने गर्छ । यी दुवै पार्टी धनाढ्यहरूले चलाउँछन् । उनीहरू पुँजीको हितप्रति कटिबद्ध छन् । तेस्रो दललाई प्रभावकारी रूपमै राष्ट्रिय राजनीतिक प्रक्रियाबाट हटाइएको छ ।
धनाढ्य तथा सम्भ्रान्तहरू निर्वाचन अभियानमा असीमित पैसा खर्च गर्न सक्छन् । आफूले खोजेको जस्तो सुकै नीति लागू गर्ने मान्छेलाई शासनमा पुर्याउन सक्छन् । त्यसले उनीहरूकै फाइदाका लागि काम गर्छ । एक किसिमको संस्थागत राजनीतिक भ्रष्टाचार चलेको छ । लोकतन्त्रले यस्तो अवस्थामा काम गर्न सक्दैन ।
डोभ लेविनले दस्तावेजीकरण गरेको पछिल्लो अध्ययन अनुसार अमेरिकाले सन् १९४६ देखि सन् २०१४ सम्म १ सय २८ पटक विभिन्न मुलुकको निर्वाचनमा हस्तक्षेप गरेको छ ।
यी सबै कुराको प्रमाण छ । सन् २०१४ मा क्याम्ब्रिज विश्वविद्यालयले प्रकाशन गरेको एउटा प्रतिवेदन अनुसार अमेरिकाको नीति कार्यान्वयन सम्भ्रान्तहरू तथा संगठित व्यापारिक लबीको स्वार्थमा हुने गर्छ । बहुसंख्यक जनताको हित विपरीत हुँदा पनि त्यो नीति लागु हुन्छ । अर्को शब्दमा भन्दा अमेरिकामा लोकतन्त्र नभएर अल्पतन्त्र अर्थात् ओलिगार्की छ ।
यसले हामीलाई ‘डेमोक्रेसी पर्सेप्सन इन्डेक्स’ ले सन् २०२३ देखाएको तथ्यांक बुझ्न सजिलो बनाउँछ । उक्त इन्डेक्सले जम्मा ५४ प्रतिशत अमेरिकीले मात्रै अमेरिका खासमा लोकतन्त्र भएको मान्ने गरेको देखाएको छ । ४२ प्रतिशतले सरकारले बहुसंख्यकको हितमा काम गर्ने बताएका थिए ।
यो त भयो अमेरिकाको आन्तरिक कुरा । बाह्य क्षेत्रमा हेरौँ के छ ? अमेरिकी राजनीतिज्ञहरू अमेरिकाले संसारभर लोकतन्त्रको रक्षा गरेको र पक्ष लिएको दाबी गर्छन् । तर, खासमा रेकर्ड हेर्ने हो भने यथार्थ ठ्याक्कै उल्टो छ ।
अमेरिकाले आफ्नो हित रक्षा गर्नका लागि बारम्बार विभिन्न मुलुकका लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप गरेर विकृत बनाएको छ । डोभ लेविनले दस्तावेजीकरण गरेको पछिल्लो अध्ययन अनुसार अमेरिकाले सन् १९४६ देखि सन् २०१४ सम्म १ सय २८ पटक विभिन्न मुलुकको निर्वाचनमा हस्तक्षेप गरेको छ ।
धेरै जसो हस्तक्षेप वामपन्थी पार्टीहरूलाई सत्तामा आउन रोक्न वा भएकाहरूलाई सत्ताबाट गलहत्त्याउन भएका छन् । २०औँ शताब्दीभर अमेरिकाले आफूलाई सक्रियतापूर्वक एसिया र अफ्रिकाका उपनिवेश विरोधी आन्दोलनको विरोधमा उभ्यायो । लोकतन्त्र र समान अधिकारका लागि लडिरहेकाहरूलाई रोक्न खोज्यो ।
अमेरिकाले नै चिलीका तानाशाह पिनोसे, इरानका तानाशाह मोहम्मद रेजा, स्पेनका तानाशाह फ्रान्कोलाई समर्थन गरेको हो । यो शृङ्खला आजपर्यन्त जारी छ । संसारका ७३ प्रतिशत तानाशाहलाई अहिले पनि प्रत्यक्ष अमेरिकी सैन्य सहयोग प्राप्त छ ।
यसले दक्षिण अफ्रिकाको नश्लभेदी शासनको समर्थन गर्थ्यो । नेल्सन मन्डेलालाई थुन्नका लागि बेलायती सरकारसँग सहकार्य गर्यो । मन्डेलालाई अमेरिकाले सन् २००८ सम्मै आतंककारीको रूपमा सूचीकृत गरेको थियो । आज पनि अमेरिका इजरायलको नश्लभेदी शासनको सक्रिय समर्थन गर्छ ।
अमेरिकाले नै चिलीका तानाशाह अगस्टो पिनोसेलाई उचालेको हो । इरानमा त्यहाँका शाह तानाशाह मोहम्मद रेजा पहलभीको समर्थन गरेको हो । स्पेनमा फ्रान्सिस्को फ्रान्कोको तानाशाहीलाई समर्थन गरेको हो । यो शृङ्खला आजपर्यन्त जारी छ । हालै प्रकाशित एउटा प्रतिवेदनले संसारका ७३ प्रतिशत तानाशाहहरूले अमेरिकाको प्रत्यक्ष सैन्य सहयोग प्राप्त गरिरहेको देखाएको छ ।
अमेरिकाले अन्य देशमा व्यवस्था हेरफेर गर्ने गरेको पनि लामै इतिहास छ । आफ्नो भूराजनीतिक प्रभुत्व कायम राख्न तथा पुँजी सञ्चय बढाइ राख्न अमेरिकाले यसो गर्ने गर्छ । लिन्डसे ओ’रुर्के, विलियम ब्लम तथा त्यस्तै अन्य प्राज्ञिक तथा पत्रकारहरूले सन् १९४९ देखि अहिलेसम्म यस्ता १ सय ४९ वटा घटना दस्तावेजीकरण गरेका छन् ।
यी घटनाहरू आधिकारिक रेकर्डको आधारमा लिइएका हुन । त्यसमा १९औँ शताब्दीदेखि २०औँ शताब्दीको पहिलो खण्डसम्म ‘मुनरो डक्ट्रिन’ वा ‘रुजवेल्ट कोरोलरी’ का नाममा भएका हस्तक्षेपको गणना गरिएको छैन । ती मध्ये आधा हस्तक्षेप त उदार लोकतन्त्र वा लोकतान्त्रिक मध्यपन्थी राज्यमै थोपरिएका थिए । अमेरिकाले लोकतान्त्रिक र निर्वाचित नेताहरू विरुद्ध भएका धेरै सैन्य ‘कु’ मा खुला सहयोग र समर्थन गरेको छ । चिलीका साल्भाडोर एलेन्डे, ग्वाटेमालाका ज्याकोबो अर्बेन्ज तथा डेमोक्रेटिक रिपब्लिक अफ कंगोका प्याट्रिक लुमुम्बा यसका उदाहरण हुन् । यी सबै नेतालाई अमेरिकी सहयोगमा तानाशाहहरूले हटाएका हुन् ।
समग्रमा भन्नु पर्दा अमेरिकाको स्थापना लोकतन्त्रका रूपमा भएकै होइन । आफ्नो इतिहासको अधिकांश अवधि अमेरिका लोकतन्त्रका रूपमै थिएन । आजको दिनमा पनि अमेरिकामा लोकतान्त्रिक मान्यताहरूको ठुलो अभावसहितको अल्पतन्त्र चलिरहेको छ ।
यसले धेरै देशहरूमा लोकतन्त्र रोक्न खोजेको, कमजोर बनाएको तथा ध्वस्त नै बनाएको पर्याप्त दस्ताबेजहरू छन् । यस्तो समस्या ट्रम्पको प्रशासनमा सुरु भएको होइन । यो त अमेरिकाको संरचनागत रोग हो । अमेरिकामा रहेका आफूलाई प्रगतिशील हौँ भन्नेहरूले यसलाई फेर्नका लागि लड्नुपर्छ ।
(लेखक स्पेनको ‘अटोनोमस युनिभर्सिटी अफ बार्सिलोना’ का मानवशास्त्रका प्राध्यापक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआई नेपालको हितमा रहेकाले विवाद गर्नुपर्ने कारण छैन : खनाल
-
अन्तर्जातीय विवाहमा राज्यको दमन
-
काठमाडौँमा युवक मृत फेला
-
भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफतको प्रक्रिया अघि बढाउने निर्णय
-
पन्ध्र क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन
-
स्ववियु निर्वाचनमा पूर्वसन्ध्यामा तोडफोड तथा धम्की दिएकोप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण