आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय

कैलालीमा स्कारपियो दुर्घटना, चालकको मृत्यु

आइतबार, ०३ चैत २०८१, ०७ : ४१
आइतबार, ०३ चैत २०८१

धनगढी । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शनिबार साँझ अत्तरियादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको बा १७ च ९६४५ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकभन्दा करिब ५० मिटर दक्षिणतर्फ रहेको बहादुर कडाराको पक्की घरको भित्तामा ठोक्किएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका ३५ वर्षीय सिवित राना, जो कृष्णपुर नगरपालिका–४ का बासिन्दा हुन्,लाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा राति ९ः३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कवीन्द्र सिंह बोहराले जानकारी दिए।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप