सेल्टाभिगो र मलोर्का विजयी
आइतबार, ०३ चैत २०८१, ०४ : ०४

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेल्टाभिगो र मलोर्का विजयी भएका छन् । शनिबार राती भएको खेलमा सेल्टाभिगोले रियाल भालाडोलिडलाई १-० ले हरायो ।
सेल्टालाई विजयी गराउन मार्कोस अलोन्सोले निर्णायक गोल गरे । अर्को खेलमा मलोर्काले इस्पानियोललाई २-१ गोल अन्तरले हरायो । मलोर्काका लागि ताकुमा असानो र भेदत मुरिकीले एक-एक गोल गरे ।
मुरिकीले नै आफ्नो टोलीका लागि गोल गर्नु भन्दा पहिले आत्मघाती गोल उपहार दिएका थिए । र, यो जितपछि मलोर्का अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । सेल्टाभिगो स्थान तल आठौं नम्बरमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा