आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय

प्रिमियर लिग : नटिङघम, उल्भ्स र ब्रेन्टफोर्ड विजयी, म्यान्चेस्टर सिटीलाई घाटा

आइतबार, ०३ चैत २०८१, ०३ : ३३
आइतबार, ०३ चैत २०८१

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा नटिङघम फोरेस्ट, उल्भ्स र ब्रेन्टफोर्ड विजयी भएका छन् । शनिबार राती भएका खेलमा नटिङघमले इप्सविच टाउनलाई ४-२ ले   हरायो । 

नटिङघमलाई विजयी गराउन एन्थोनी एलंगाले दुई गोल गर्दा, निकोला मिलेंकोभिच र जोटा सिल्वाले एक-एक गोल गरे । जितपछि नटिङघमको २९ खेलबाट ५४ अंक भएको छ । जो लामो समयदेखि तेस्रो स्थानमा कायम छ । समान खेलबाट ७० अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा २८ खेलबाट ५५ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ ।

यस्तै, अन्य खेलमा उल्भ्सले साउथ ह्याम्पटनलाई र ब्रेन्टफोर्डले बर्नमथलाई २-१ ले हराए । प्रिमियर लिगमा शनिबार राती भएका दुई खेल भने बराबरीमा टुंगिए । एभर्टन र वेष्टह्याम युनाइटेडले १-१ को बराबरी तथा म्यान्चेस्टर सिटी र ब्राइटनले २-२ को बराबरी खेल्दै अंक बाँडे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप