ला लिगा : बार्सिलोनालाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो रियाल मड्रिड
आइतबार, ०३ चैत २०८१, ०३ : १३

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भिया रियाललाई हराउँदै रियाल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भिया रियालको घरेलु मैदानमा भएको खेल २-१ ले आफ्नो पोल्टामा पार्दै रियाल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
रियाल मड्रिडलाई जिताउन केलियन एम्बाप्पेले दोहोरो तथा निर्णायक गोल गरे । सुरुवाती गोल भने घरेलु टोलीले गरेको थियो । घरेलु टोली भियारियालका लागि हुँवा फोयथले ७ औं मिनेटमा गोल गरेका हुन् ।
जितसँगै रियाल मड्रिडको २८ खेलबाट ६० अंक भएको छ, जो शीर्ष स्थानमा छ । दुई खेल कम खेलेको बार्सिलोना ५७ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, एटलेटिको मड्रिड २७ खेलबाट ५६ अंक जोड्दै तेस्रो स्थानमा छ ।