नागार्जुनको गौतम गाउँमा आगलागी, बाटो साघुँरो हुँदा आगो निभाउन सास्ती
आइतबार, ०३ चैत २०८१, ०० : १८

काठमाडौं । नागार्जुन नगरपालिका–७ गौतम गाउँस्थित एक घरमा लागेको आगो निभाउन सास्ती भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राती ९ बजे लागेको आगो नियन्त्रण गर्न कठिनाई भएको र आगो निभाउन ललितपुर महानगर समेतको सहयोग लिनु परेको बताइएको छ ।
आगलागीबाट मानवीय क्षति नभए पनि अन्न, लुगालगायत मालसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बाटो साँघुरो भएका कारण ठूलो दमकल प्रवेश गर्न नसकेपछि ललितपुर महानगरका दुइटा दमकल प्रयोग गरेर आगो निभाइएको हो । आगो निभाउन काठमाडौं र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीको दमकल प्रयोग गरिएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटामा मेडिकल विश्वविद्यालय : राजनीतिक प्रतिबद्धताको बाढी, प्रगति सुस्त
-
‘नेताहरूको इच्छाशक्ति अभावका कारण मेडिकल कलेज सञ्चालन हुन सकेन’
-
यहीँ पढ्न पाउँछु कि भन्दाभन्दै अन्तै पढेर डाक्टर भइसकेँ तर अस्पतालको प्रगति भएन
-
मुन्धुम संरक्षणको आवश्यकता
-
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
-
चैतेधान रोप्दै किसान