आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : गणतन्त्र विरोधी गतिविधिविरुद्ध वृहत्त प्रदर्शन हुँदैदेखि दरबार हत्याकाण्डबारे प्रचण्डको अभिव्यक्तिले तरंगसम्म

शनिबार, ०२ चैत २०८१, २३ : ५६
शनिबार, ०२ चैत २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. समाजवादी मोर्चा
समाजवादी मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा चैत १५ गते प्रदर्शन गर्ने भएको छ  । मोर्चाले आज बुद्धिजिवीहरुसँग छलफल गरेर गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।

२. प्रचण्डको कुरा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको कुरा आफूले भूमिगत कालदेखि नै उठाउँदै आएको र त्यसको छानबिन हुनुपर्ने बताएका छन् । शनिबार समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । 

३. उपभोक्ता अदालत गठन
सरकारले उपभोक्ता अदालत उद्घाटन गरेको छ । शनिबार विश्व उपभोक्ता दिवसका अवसरमा त्रिपुरेश्वरस्थित उद्योग विभाग परिसरको एक भवनमा अदालतको स्थापना गरी उद्घाटन गरिएको हो । 

४. राजावादीको सक्रियता
राजतन्त्र फर्काउनका लागि राजवादी संघ, संगठनले गरेको प्रदर्शनलाई मधेस केन्द्रित दलका नेताहरूले वर्तमान सरकार तथा सत्तामा रहेका दलहरूप्रतिको असन्तुष्टिका रूपमा व्याख्या गरेका छन् ।

५. विजय पौडेल क्यानडामा बने सांसद पदको उम्मेदवार
नेपाली मुलका विजय पौडेल क्यानडामा सांसद पदका लागि मनोनयनमा परेका छन् ।  पौडेल क्यानडाको कन्जरभेटिभ पार्टीबाट हम्बर रिभर–ब्ल्याक क्रीक क्षेत्रमा संघीय सांसद पदका लागि आधिकारिक रूपमा मनोनीत भएका हुन् । 

६. गुञ्जिए गुलाम अली
पाकिस्तानको प्रसिद्ध गजलकार गुलाम अली यतिबेला नेपालमा छन् । उनी बिहीबार दुबई हुँदै नेपाल आएका हुन् । 

७. नयाँ बजेट
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (२०८२/०८३) को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल गरिरहेको छ । अर्थ मन्त्रालयले चैत १५ गतेभित्र बजेटको कार्यक्रम पठाउन सरकारी मन्त्रालय, आयोग तथा कार्यालयहरूलाई निर्देशन दिएसँगै मन्त्रालयगत छलफललाई तीव्रता दिइरहेको छ ।

८. मार्खु चित्लाङ पर्यटकीय सडक
बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको पर्यटकीय सडकको काम अत्यन्त सुस्त देखिएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पर्यटकीय सडक ९कलंकी–मार्खु–सिम्लाङ–विसिंखेल खोला० सडक निर्माणको गति सुस्त देखिएको हो ।

९. मगर र गुरुङको कथा
 भाषा आयोगले २०७८ भदौमा सरकारी कामकाजको भाषा भनेर नेपालीबाहेकका १२ मातृभाषालाई प्रदेशगत रूपमा सिफारिस गरेको थियो । जसमध्ये गण्डकी प्रदेशका लागि मगर ढुट, गुरुङ र भोजपुरी भाषा सिफारिस भएका थिए ।

१०. डिपसिकका संस्थापकको अन्तर्वार्ता
 डिपसिकका संस्थापक लियाङ वेनफेङसँग चिनिया सञ्चारमाध्यम एन योङले सन् २०२४ को अन्त्यतिर चिनिया भाषामा साक्षात्कार गरेको थियो । हामीले यो अन्तर्वार्ता द चाइना एकेडमीमा अंग्रेजीमा प्रकाशित साक्षात्कारलाई अनुवाद गरी नेपाली पाठकमाझ पस्केका छौँ ।

११.  रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी
रुस र युक्रेनले शनिबार रातभर भारी हवाई प्रहारहरू आदान–प्रदान गरेका छन् । दुवै पक्षले आ–आफ्नो क्षेत्रमा एक सयभन्दा बढी शत्रु ड्रोनहरू प्रहार भएको रिपोर्ट गरेका छन् ।

१२. शनिबार विशेष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?