बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिए

बरहथवा । सर्लाहीको बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिएका छन् । यहाँको नयारोड–मधुवनी सडकखण्डअन्तर्गत बसवरिया गाउँपालिका–३, धन्कौल जाने नहरको बाटोमा आज एक युवक मृत र एक जना घाइते अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले बसवरिया गाउँपालिका–२, बस्ने २५ वर्षीय राजीव पासवान मृत फेला परेका जानकारी दिए । यस्तै, मुख र टाउकोमा चोट लागेर घाइते भएको अवस्थामा सोही स्थानका २० वर्षीय धनञ्जय यादवको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
घाइते यादवको बरहथवास्थित स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।
घटनास्थलबाट प्रहरीले मोटरसाइकलको सिट, भाइजर, हेडलाइट फेला पारेको भए पनि दुर्घटनाको कारण वा साधनको पहिचान हुन सकेको छैन । घटना शङ्कास्पद देखाएकाले प्रहरीको प्राविधिक टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन
-
अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछः तान्जानियाली विश्लेषक
-
सङ्घको लक्ष्य १६ लाख, कोशी प्रदेशकै १० लाख !
-
कोशीमा पर्यटन प्रवर्द्धनका आधार के हुन् ?
-
‘एक पालिका एक पर्यटन पहिचान’ बनाऔँ
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति होला ?