आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गुञ्जिए गुलाम अली, तस्बिरहरू
संगीत

गुञ्जिए गुलाम अली, तस्बिरहरू

शनिबार, ०२ चैत २०८१

काठमाडौँ । पाकिस्तानको प्रसिद्ध गजलकार गुलाम अली यतिबेला नेपालमा छन् । उनी बिहीबार दुबई हुँदै नेपाल आएका हुन् । 

gulam ali (1)

शनिबार ललितपुरको पुल्चोकमा आयोजित हुने ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रम आयोजना गरिएको छ । साधना कला केन्द्रले आयोजना गरेको कार्यक्रममा गायक अली ११ सदस्यीय ब्याण्डसहित आएर प्रस्तुति दिएका छन् । आयोजकले उनलाई काठमाडौँको एउटा तारे होटलमा राखेको छ ।

gulam ali (2)

अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल गाएका छन् । आयोजक संस्था साधना कला केन्द्रका मिलन मोक्तानका अनुसार कार्यक्रममा गायक अलीका छोरा अमिर र नाति नाजिरले पनि प्रस्तुति दिएका छन् ।

gulam ali (10)

गुलाम अली पाकिस्तानी चर्चित गजल तथा पार्श्वगायक हुन् । उनी गायक बडे गुलाम अली खान र छोटे गुलाम अली खानका चेला हुन् । उनी गजल गायकको रूपमा प्रख्यात छन् ।

gulam ali (3)

पाकिस्तानको अलावा भारत, नेपाल, बङ्गलादेश, अमेरिका, बेलायत र मध्यपूर्वी एसियामा समेत उनी चर्चित छन् । उनका थुप्रै गजल बलिउड फिल्ममा समेत समेटिएको छ ।

gulam ali (4)gulam ali (5)gulam ali (6)gulam ali (7)gulam ali (8)gulam ali (9)gulam ali (11)gulam ali (12)gulam ali (13)gulam ali (14)gulam ali (15)gulam ali (16)gulam ali (17)gulam ali (18)gulam ali (19)gulam ali (20)gulam ali (21)gulam ali (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया