नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते सम्पन्न

काठमाडौँ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस) को उपत्यका विशेष प्रदेश कमिटी तथा राष्ट्रिय फुलकन्ट्याक्ट कराँते संघद्वारा आयोजित १ भर्सेज १ नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८१ शनिबार सम्पन्न भएको छ । उक्त प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वरस्थित सेमी कभर्डहलमा भएको हो ।
उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष तथा नेपाल सिन क्योकुशिन कराँते संघका नेपाल प्रमुख सूर्य बहादुर बुढाथोकीको अध्यक्षतामा रहेको उक्त प्रतियोगितामा नेकपा एमालेका केन्द्रीय सदस्य, नेपाल खेलकुद महासङ्घका इन्चार्ज तथा पूर्व बागमती प्रदेश मन्त्री जेएन थपलिया प्रमुख अतिथि साथै नेकोसका उपाध्यक्ष दिपेन्द्र दाहाल विशेष अतिथिको रूपमा सहभागी भएका थिए । राष्ट्रिय फुलकन्ट्याक्ट कराँते संघ - नेकोसका अध्यक्ष तथा नेपाल बुदोकाई-दो संघका अध्यक्ष वीरकृष्ण महर्जन प्रतियोगिताका संयोजक रहेका थिए ।
नेकोसका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्य नन्दा बस्याल, नेकोसका सचिव तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज तीर्थ बहादुर खड्का, स्थायी कमिटी सदस्य तथा राखेप बोर्ड सदस्यद्वय जगत सिंह धामी र हिमाल श्रेष्ठ, अनुशासन आयोगका अध्यक्ष डिबि रानापाल, आइकेकेएफका नेपाल प्रमुख सिहान प्रेमनाथ श्रेष्ठ, राष्ट्रिय फुलकन्ट्याक्ट कराँते संघ (नेकोस) का वरिष्ठ उपाध्यक्ष तथा आइएफकेकेका नेपाल प्रमुख सिहान प्रेम लामा र सो- क्योकुशिनका नेपाल प्रमुख राजकुमार श्रेष्ठ अतिथि रहेका थिए ।
नेकोस बागमती प्रदेश कमिटी सदस्री तथा रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्की, नेकोस उपत्यका विशेष प्रदेश कमिटीका उपाध्यक्षद्वय राजेश गजुरेल र यदु रानामगर, राष्ट्रिय फुलकन्ट्याक्ट कराँते संघ (नेकोस) का सचिव मिन बहादुर सामन्त (साउद), पूर्व राष्ट्रिय खेलाडी तथा क्योकुशिनका प्रशिक्षक जनार्दन घिमिरे, नेपाल पुलिस एकेडेमीका फुल कन्ट्याक्ट प्रमुख भाष्कर गुरुङ, सिन क्योकिशिन का वरिष्ठ प्रशिक्षक ज्ञानेन्द्र तिमिल्सिना, पूर्व खेलाडी तथा सिन क्योकुशिन चन्द्रागिरिका अध्यक्ष सूर्य कुमार कार्की, न्युज लाइन्स मिडियाका प्रमुख राजु भट्ट, नेपाल उद्योग संघका कोषाध्यक्ष ध्रुव तिवारी लगायत काठमाडौँ, भक्तपुर र ललितपुर कमिटीका अध्यक्ष, कोषाध्यक्ष तथा सचिव सहित विभिन्न तह र तप्काका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि जे एन थपलियाले आफ्नो शुभकामना मन्तव्य सहित सो प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गर्ने बताउदै संगठनको विकास र विस्तारमा उल्लेखनीय भूमिका रहने कुरा व्यक्त गरे।
अध्यक्ष सूर्य बहादुर बुढाथोकीको स्वागत मन्तव्य व्यक्त गर्दै आफू खेल र खेलाडीको लागि सदैव खम्बा भएर उभिने बताउनुभयो । साथै खेलकुदको विकास गर्न पूर्वाधार विस्तार, नीतिगत सुधार, खेलाडी प्रशिक्षण, विद्यालयस्तरबाट प्रवर्द्धन, निजी क्षेत्रको लगानी, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र जनचेतना अभिवृद्धि आवश्यक रहेको बताउए ।
नेकोसका सचिव तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज तीर्थ बहादुर खड्का लगायतले शुभकामना सहितको मन्तव्य राख्दै आगामी दिनहरूमा नगद सहितको प्रतियोगिताहरु संचालन गरिने र खेलकुदको विकासमा सरकारको भूमिका प्रेरक शक्ति बनेर आवश्यक संसाधन, नीति तथा अवसरहरूको सुनिश्चितता गर्नु पर्ने बताए। राष्ट्रिय फुलकन्ट्याक्ट कराँते संघ (नेकोस) का अध्यक्ष वीरकृष्ण महर्जनले प्रतियोगिता सभ्य र भव्य बनाउन भूमिका खेल्नुहुने जुरि, निर्णायक, ब्रान्च चिफ, प्रशिक्षक, खेलाडी तथा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
उक्त प्रतियोगितामा सम्पूर्ण प्रतिस्पर्धी खेलाडीलाई पदक र प्रमाणपत्र प्रदान गरिएको हो । "One Hit to Victory" भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगितामा हरेक प्रतिस्पर्धीले एक फाइट खेल्ने बित्तिकै जित्नेले स्वर्ण र हार व्यहोर्नेले रजत पदक प्राप्त गरे । महिला र पुरुष गरि १०० जनाको सहभागिता रहेको प्रतियोगितामा ५० फाइट खेलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत
-
अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधीजन्य हुरीको बबण्डर, १८ जनाको मृत्यु
-
नागार्जुनको गौतम गाउँमा आगलागी, बाटो साघुँरो हुँदा आगो निभाउन सास्ती
-
१२ बजे, १२ समाचार : गणतन्त्र विरोधी गतिविधिविरुद्ध वृहत्त प्रदर्शन हुँदैदेखि दरबार हत्याकाण्डबारे प्रचण्डको अभिव्यक्तिले तरंगसम्म
-
जनकपुरमा ढिलो गरी मनाइयो होली
-
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान