आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय

अर्जुनले जिते मञ्जुश्री ट्रेल रेस

शनिबार, ०२ चैत २०८१, २१ : ०४
शनिबार, ०२ चैत २०८१

काठमाडौँ । मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् । मञ्जुश्री ट्रेलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घण्टा २९ मिनेट २५ सेकेन्ड समय लगाएर सबभन्दा चाँडै पार गरे । 

नेपालकै मिलन कुलुङ राईले २८ः१५ः२५.३ सेकेन्ड समय लगातार दोस्रो तथा शेर थारु २८ः४७ः०६.२ सेकेन्डसहित तेस्रो भए । विजेता अर्जुनले ७५ हजार, मिलनले ४० हजार र  शेरले २० हजार रुपियाँ पुरस्कार पाए ।  एक सय किमी दौडमा विशाल राई १३ः२९ः०४ सेकेन्ड समय लगार च्याम्पियन बने ।

सो इभेन्टमा गोपाल तामाङले १३ः३९ः०७ सेकेन्ड र निरोज भट्टले १४ः१२ः३५ सेकेन्डमा दौड पुरा गरेर दोस्रो र तेस्रो स्थान हासिल गरे । एक सय किमी दौड महिलातर्फ नेपालकी रसिला तामाङ पहिलो भए । रसिलाले १७ः५८ः०५ सेकेन्डमा दौड सकाइन् ।

छोकी शेर्पा १८ः१५ः०५ सेकेन्ड समय लगातार दोस्रो भइन्, फ्लेर मोउतज्वले २०:४३:०५ सेकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरे । एक सय किमी दौडमा शीर्ष तीन स्थानमा रहने धावकधाविकालाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपियाँ प्रदान गरिएको थियो । ५० किमी पुरुष दौडमा मानकुमार रोक्का मगर (०६ः४२ः२५ सेकेन्ड) पहिलो, लोकेन्द्र राई (०६ः४६ः३८ सेकेन्ड) दोस्रो र धीरबहादुर बुढा (०६ः५९ः५९ सेकेन्ड) तेस्रो भए ।

५० किमी महिला दौडमा प्रिया राई पहिलो, कल्पना बुढा दोस्रो र राज्य लक्ष्मी रावल तेस्रो भए । प्रियाले निर्धारित दुरी ०७ः४६ः०५ सेकेन्डमा पूरा गरिन् । यसै गरी कल्पनाले ०८ः१६ः०६ सेकेन्ड र राज्यलक्ष्मीले ०८ः४०ः५२ सेकेन्ड समय लगाए ।

यस स्पर्धामा शीर्ष तीन स्थानमा रहने धावकधाविकाले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।  ३० किमी दौडमा राजन मेयोङबा ३ः४३ः०३ सेकेन्ड समय लगातार विजेता बने । युवक राज बुढा (४ः०३ः२२ सेकेन्ड) दोस्रो र अक्कल बढवाल (४ः३७ः०१ सेकेन्ड) तेस्रो भए ।

३० किमी महिलातर्फ अस्मी तामाङ ६ः३४ः०३ सेकेन्ड समयमा दौड पुरा गरी च्याम्पियन बनिन्  कथेरिना हल दोस्रो र रीन्छे दोला लामा तेस्रो भए । कथेरिनाले निर्धारित दुरी ०८:२४:०६ सेकेन्डमा पूरा गरिन् । यसै गरी रीन्छेले ०८ः५३:०० सेकेन्ड समय लगाए । यस स्पर्धामा पहिलो देखि तेस्रो हुने क्रमशः २० हजार १० हजार र ५ हजार रुपियाँको हकदार बने । 

१० किमी पुरुषतर्फ नेपालका सुमन नापित र महिलातर्फ अमेरिकाकी बोराह लिम विजेता बने । सुमनले ५२ मिनेट ४२ सेकेन्डमा निर्धारित दुरी पुरा गरे  यसै गरी उदयबहादुर श्रेष्ठ ५३ मिनेट ३० सेकेन्डसहित दोस्रो र हरि तामाङ ५५ मिनेट ०२ सेकेन्ड सहित तेस्रो भए । अमेरिकी लिमले १० किमी महिला इभेन्ट जित्न ५२ मिनेट ४० सेकेन्डमा दौड पुरा गरिन् ।

सो स्पर्धामा बेल्जियमकी जारा भान रेन्टरगे (१ घण्टा १६ मिनेट १ सेकेन्ड) दोस्रो र जर्मनीकी सामन्था नोउभेल (१ घण्टा १८ मिनेट ४० सेकेन्ड) तेस्रो भए । नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गरे । 

मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्समा ८१, १०० किमीमा ५२, ५० किमीमा १३१, ३० किमीमा ९८ र १० किमीमा १९१ धावकधाविकाले सहभागिता जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप