साहित्यकार सुवेदीका चार कृति लोकार्पण

काठमाडौँ । वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले सिर्जना र सम्पादन गरेका चारवटा कृति लोकार्पण गरिएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘नन्दिनी शोक महाकाव्य’, ‘नन्दादेवी स्मृतिग्रन्थ’, ‘नन्दा शोक खण्डकाव्य’ र ‘सेती गजल खण्डकाव्य’ विमोचन गरिएका हुन् ।
त्यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले श्रष्टा सुवेदीलाई ‘नेपाली डायस्पोरा स्वर्ण तारा सम्मान’ प्रदान गरे । कार्यक्रममा सुवेदीद्वारा रचित ‘नन्दा शोक खण्डकाव्य र सेती गजल खण्डकाव्य समेटिएका श्रव्य सामग्रीसमेत विमोचन गरियो । वरिष्ठ साहित्यकार सुवेदी अनेसासका संस्थापक अध्यक्ष हुन् ।
कार्यक्रममा कुलपति राईले साहित्यकार सुवेदीका रचनाले नेपाली भाषा र वाङ्मयलाई अन्तरराष्ट्रियजगत्मा पुर्याउन योगदान गरेको धारणा राखे । उनले साहित्यको अध्ययन र लेखनले शोकलाई सिर्जनामा रूपान्तरण गर्न सकिन्छ भन्ने सुवेदीका कृतिबाट उदाहरण प्रस्तुत भएको बताए ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक जवलाल सापकोटाले अन्तरराष्ट्रियस्तरमा नेपाली वाङ्मयलाई विकास गर्दै नेपाली भाषाको श्रीवृद्धिमा पुर्याएको योगदान महत्वपूण रहेको र उनी ‘साहित्यिक दोभान’ भएको टिप्पणी गरे ।
कार्यक्रमका अन्य वक्ताहरूले विशाल भावना बोकेको सङ्क्षिप्त साहित्यिक विधा कवितालाई साधना र शब्दको खेलका रूपमा चित्रित गरे । उनीहरूले सुवेदीका कृतिमा आख्यानभन्दा अनुभूति प्रधान रहेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : बार्सिलोनालाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो रियाल मड्रिड
-
सम्झौताको म्याद सात महिना बाँकी छँदै बन्यो मोटरेबल पुल
-
भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत
-
अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधीजन्य हुरीको बबण्डर, १८ जनाको मृत्यु
-
नागार्जुनको गौतम गाउँमा आगलागी, बाटो साघुँरो हुँदा आगो निभाउन सास्ती
-
१२ बजे, १२ समाचार : गणतन्त्र विरोधी गतिविधिविरुद्ध वृहत्त प्रदर्शन हुँदैदेखि दरबार हत्याकाण्डबारे प्रचण्डको अभिव्यक्तिले तरंगसम्म