पूर्वराजा शाहप्रति माधवको टिप्पणी : कुनै त्याग, तपस्या र बलिदान नगरेकाको हातमा देश दिन सकिँदैन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुँजीवादी व्यवस्थालाई बदल्नुपर्ने जरुरी रहेको बताएका छन् । शनिवार ललितपुरमा समाजावादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले व्यवस्था बदल्नुपर्ने र पुँजीवादी व्यवस्था बदल्नुपर्ने बताए । उनले सामन्तवादी व्यवस्थामा जाने कुरा सह्य नहुने बताए । दलाल पुँजीवादको वर्चश्व रहेको व्यवस्था परिवर्तन गरेर समाजवादी गणतन्त्रमा जानुपर्ने बताए । त्यसका लागि आफ्नो पार्टीले नेपाली विशेषताको समाजवादको नयाँ अवधारणा हाम्रो पार्टीले अघि सारेको उल्लेख गरे ।
उनले भने, ‘अहिले व्यवस्था बदल्नुपर्छ भन्ने कुरा आइरहेको छ । अवश्य पनि पुँजीवादी व्यवस्थालाई बदल्नुपर्छ । तर सामन्तवादी व्यवस्थामा जाने होइन । दलाल पुँजीवादको वर्चश्व रहेको यो व्यवस्था, जो वंशको आधारमा पहिला १०४ वर्षसम्म र त्यसपछि २४० वर्षसम्म शासन सञ्चालन गरेर बसेकाहरु सत्ताको दुरुपयोग गरेर हालीमुहाली चलाएकाहरु हुन् । तिनीहरुबाट मुक्ति चहियो । समाजवादी गणतन्त्रमा जानैपर्छ । नेपाली विशेषताको समाजवादको नयाँ अवधारणा हाम्रो पार्टीले अघि सारेको छ ।’
अध्यक्ष नेपालले व्यवस्था बदल्न चाहनेहरु प्रतिगमनतिर नभएर अग्रगमनतिर आउनुपर्ने बताए । उनले वंशको कुरा छोड्न सबैलाई आग्रह गरे । पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै त्याग, तपस्या, बलिदान नगरेको बरु देशलाई लुट्ने काम गरेको आरोप लगाए ।
पूर्वराजा शाहप्रति आरोप लगाउँदै उनले लुट्ने इतिहास बोकेकाहरुको हातमा देशलाई लगेर बर्बाद पार्न नहुने बताए । देशको इज्जत, प्रतिष्ठा र मर्यादालाई माथि उठाउन अब नयाँ समाजवादी व्यवस्था जरुरी रहेको बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै