अब सवारीसाधनबाट सडकमा फोहोर फ्याँके जरिवाना गर्ने तयारी
शनिबार, ०२ चैत २०८१, १८ : ४६

काठमाडौँ । अब सवारी साधनबाट सडकमा फोहोर फ्याँकेमा यात्रु, चालक तथा सहचालकलाई जरिवाना लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको हो ।
यसअघि यस्तो व्यवस्था थिएन । अब भने सवारी साधनबाट फोहोर सडकमा फ्याँकेमा फ्याँक्ने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था गरेको छ ।
साथै धूम्रपान गर्दै सवारी चलाएमा चालकलाई एक हजार जरिवाना लाग्ने प्रस्तावित विधेयकमा उल्लेख छ । यसै गरी मोबाइल फोन प्रयोग गर्दै सवारी चलाए पनि एक हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिए
-
अनेरास्ववियुलाई नेविसंघको काउन्टर, आरोप लगाएर जिम्मेवारीबाट भाग्ने काम बन्द गरौँ
-
गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु
-
१० बजे १० समाचार : उपभोक्ता अदालत गठन, समाजवादी मोर्चाको शक्ति प्रदर्शन
-
प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी
-
नेपाली मूलका विजय पौडेल क्यानडामा बने सांसद पदको उम्मेदवार