शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

शनिबार, ०२ चैत २०८१, १८ : ०४
शनिबार, ०२ चैत २०८१

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

  • काठमाडौँ, गोकर्णेश्‍वर नगरपालिका-१ सुन्दरीजल बिपिचोकमा बा.५ ख ११६८ नम्बरको टिपरले टुचिन लगाई गोकर्णतर्फ तान्दै ल्याउँदै गरेको बा.१२ च २६९७ नम्बरको बलेरो गाडीमा बा.४८ प ३६४० नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कागेश्‍वरी मनोहरा नगरपालिका-१ सानीटारी बस्ने ३७ वर्षीय अनुज ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।  प्रहरीले टिपर र बलेरो गाडीका चालकलाई नियन्त्रणमा लिएको छ । 
  • यसैगरी काठमाडौँ महानगरपालिका-३२ तीनकुने गैरीगाउँ पेट्रोल पम्प अगाडि रा.१ ख २६२२ नम्बरको टिपरले प्र.३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका-११ घर भएका सुकराम तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • नुवाकोट, बिदुर नगरपालिका-४ सिचाईस्थित भित्री सडकमा बट्टारबाट दानसिङतर्फ जाँदै गरेको बा.४६ प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा चालक तार्केश्वर गाउँपालिका-१ दानसिङ बस्ने ३२ वर्षीय चतुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको   हो । 
  • बारा, कोल्हबी नगरपालिका-१ जमुनी खोला पुल नजिक सडकमा सपहीबाट कोल्हबीतर्फ आउँदै गरेको ग.८ प ७८११ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक कोल्हबी नगरपालिका-१ बस्ने ३० वर्षीय घनश्याम पनुहरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बायोद्या अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । 
  • सुनसरी, इटहरी उपमहानगरपालिका-८ कर कार्यालयस्थित सडकमा इटहरीबाट दुहवीतर्फ जाँदै गरेको प्र.१ ०२-०४८ प ३८७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक दुहवी नगरपालिका-१२ बस्ने २५ वर्षीय पुरन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिंङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 
  • दाङ, राप्ती गाउँपालिका-४ मौरीघाटस्थित सडकमा ग.६ प ९४३० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ पिपरखुट्टी बस्ने २२ वर्षीया पार्वती नेपालीकी छोरी ६ महिनाको एन्जल नेपालीको शुक्रबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी पार्वतीको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप