शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

ट्याक्सी चालकको हत्या र लुटपाट गरी फरार १५ वर्षपछि पक्राउ

शनिबार, ०२ चैत २०८१, १७ : ५५
शनिबार, ०२ चैत २०८१

काठमाडौँ ।  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे बेथानचोक गाउँपालिका-६ सिउँरानी घर भएका ३६ वर्षीय बाबु लामालाई  बुधबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत भक्तपुरको २०७५ भदौ ३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले झापा मेची नगरपालिका-६ काँकडभिट्टा एरियाबाट पक्राउ गरेको हो ।  

भक्तपुर मध्यपुर थिमी नगरपालिका-१६ स्थित नरेफाँटमा २०६६ मंसिर २६ गते राति बा.१ ज ९१४ नम्बरका ट्याक्सी चालक काभ्रे रोसी गाउँपालिका-४ लेम्बाबेसी घर भएका २५ वर्षीय मेघ बहादुर तामाङको हत्या गरी नगद र मोबाइल समेत लुटपाट गरेको घटनामा संलग्न लामालाई जिल्ला अदालत भक्तपुरबाट उक्त सजाय ठहर भएको थियो । 

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत भक्तपुर पठाइएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप