विभिन्न क्याम्पसहरूमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन नजिकिएसँगै तालाबन्दी गर्ने क्रम समेत बढेको छ। संगठनभित्रकाे आन्तरिक विवाद, विद्यार्थी भर्ना प्रक्रियामा असन्तुष्टि, उम्मेदवार मनोनयनमा विवाद जस्ता कारणले विद्यार्थी संगठनहरू तालाबन्दीमा उत्रिएका हुन्।
नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतका विद्यार्थी संगठनहरूले विभिन्न कलेजहरूमा तालाबन्दी गरेका छन् । नेविसंघले काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न कलेजमा तालाबन्दी गरेको छ। त्यस्तै अनेरास्ववियुले समेत विभिन्न कलेजहरूमा तालाबन्दी गरेको छ।
त्रिविको आङ्गिक क्याम्पस शंकरदेव क्याम्पसमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूले तालाबन्दी गरेका छन् । स्ववियु काेषकाे दुरुपयोग गरेको भन्दै छानबिनको माग गरेर तालाबन्दी गरेका हुन् ।
त्यस्तै उपत्यका बाहिरका विभिन्न क्याम्पसहरूमा समेत अनेरास्ववियुले तालाबन्दी गरेको हो। अनेरास्ववियुकाे तालाबन्दीका कारण ती कलेजहरूमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।
सुनसरी इटहरीको जनता बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । त्यस्तै नवलपुरका १० वटा स्ववियु निर्वाचन हुने क्याम्पस मध्ये ९ वटामा अनेरास्ववियु र अनेरास्ववियू (माधव नेपाल निकट) ले संयुक्त रूपमा तालाबन्दी गरेका छन् ।
एसपीएम कलेज गैडाकोट, जनक कलेज गैडाकोट, जनमुखी आदर्श बहुमुखी क्याम्पस, देबचुली बहुमुखी कलेज, जनज्योती कलेज, कुमारवर्ती बहुमुखी कावासोती, मध्यबिन्दु बहुमुखी क्याम्पस कावासोती, नवजागरण बहुमुखी क्याम्पस चोरमारा र आरुङ्गखोला बहुमुखी क्याम्पस अरुणखोलामा तालाबन्दी गरेको हो ।
नवलपुर अनेरास्ववियु र अनेरास्ववियूले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै अन्य संगठनहरूलाई मात्रै हित हुने खालका काम गर्दै आएको जनाएका छन् ।
त्यस्तै पक्लिहवा कृषि क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त तालाबन्दी गरेका छन् । राममणि बहुमुखी क्याम्पस, रुपन्देहीमा अनेरास्ववियु एक्लैले ताला लगाएको छ ।
तालाबन्दीका कारण ती कलेजहरूमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ। त्रिवि केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार अगाडि बढ्न नसकेपछि निर्वाचन अनिश्चित बनेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
-
‘हेल्लो काशीराम’ बारे फुलन्देकी आमा – हास्य र व्यङ्ग्यको अनौठो मिश्रण
-
अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी
-
२५ जना सदस्यसहित नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
-
राज्य व्यवस्था समितिमा पुगे निजामती ट्रेड युनियनका प्रतिनिधि, ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण