शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्री कप

दीपेन्द्रको विस्फोटक ब्याटिङ र ललितको घातक बलिङसामु निरीह बन्यो मधेस

शनिबार, ०२ चैत २०८१, १५ : ५७
शनिबार, ०२ चैत २०८१

लमही । ललित राजवंशीले ‘फाइफर’ लिएपछि पुरुष प्रधानमन्त्री कप प्रतियोगितामा मधेस प्रदेश नेपाल पुलिस क्लबसामु निरीह बनेको छ । शनिबार भएको खेलमा पुलिस क्लबले मधेसलाई १ सय ९३ रनको विशाल अन्तरले हराएको हो ।

पुलिसले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याएको मधेसले २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । टोलीका लागि दीपेश दासले सर्वाधिक ३१ रनको योगदान दिए । 

रुपेश सिंहले १६ रन तथा विशाल पटेलले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । मात्र २० रनमा आधा खेलाडी पभेलियन फर्किसकेका थिए ।

पुलिसका लागि ललितले ९.१ ओभर बलिङ गर्दै २८ रन खर्चेर ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट तथा करन केसी, सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे ।

यसअघि, कप्तान दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङको मद्दतले पुलिसले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय ८८ रन जोडेको थियो । ऐरीले मात्र ३६ बलमा ६३ रन बनाए । उनले ५ चौका र ४ छक्का प्रहार गरे ।

आरिफ शेखले पनि अर्धशतकीय पारी खेले । उनले ५४ बलमा ५५ रन जोड्दा ४ चौका र १ छक्का हिर्काए ।

ओपनर अर्जुन साउदले ४७ रन तथा दिलीप नाथले ४५ रनको योगदान दिए । शंकर रानाले २७ रन जोडे ।

मधेसका लागि रुपेश सिंहले ४ विकेट हात पारे । विशाल पटेलले ३ विकेट, कमल गुप्ताले २ विकेट तथा रञ्जित कुमारले १ विकेट लिए ।

४ खेलबाट पुलिसले सर्वाधिक ८ अंक बटुलेको छ । मधेसले भने ३ खेलबाट मात्र २ अंक बटुल्न सकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप