२४ घण्टामै युक्रेन युद्ध सल्टाउँछु भनेर ठट्टामा भनेको थिएँ : ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति चुनावअघि डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको कार्यभार सम्हालेको २४ घण्टाभित्रै रुस–युक्रेन युद्ध समाधान गर्छु भनेर भनेका थिए । तर अहिले आएर उनले आफ्नो उक्त अभिव्यक्तिप्रति स्पष्टीकरण दिएका छन् । ‘म त्यतिबेला अलि व्यङ्ग्यात्मक भइरहेको थिएँ,’ ट्रम्पले टिभी कार्यक्रममा बोल्ने क्रममा भने । आफ्नो उक्त अभिव्यक्तिको अर्थ म यो समस्याको गर्न चाहन्छु र मलाई लाग्छ म सफल हुनेछु’ भन्ने भएको उनले बताए ।
चुनावी अभियानका क्रममा ट्रम्पले कयौँ पटक २४ घण्टा भित्रै रुस–युक्रेन युद्ध समाप्त गर्नेछु भनेका थिए । ट्रम्पले युद्ध सल्टाउने अथक प्रयास गरिरहेको भए पनि तत्कालै यो सल्टिने कुनै सङ्केत देखिएको छैन । कुराकानीका क्रममा ट्रम्पलाई पुटिन युद्ध अन्त्य गर्न सहमत भएनन् भने योजना के हुनेछ ? भनेर सोधिएको थियो ।
यसको उत्तरमा ट्रम्पले यो संसारको लागि नराम्रो खबर हुनेछ किनकि धेरै मानिसहरू मरिरहेका छन् भनेर भनेका थिए । तर आफूले पुटिनलाई राम्ररी चिनेको अनि उनी यसमा सहमत हुनेछन् भन्ने आशा लागिरहेको उनले बताए । २०२३ को मेमा ट्रम्पले आफू राष्ट्रपति रहिरहेको भए युद्ध नै हुँदैनथ्यो भन्दै राष्ट्रको कार्यभार सम्हालेको २४ घण्टामा युद्ध बन्द गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची