अलपत्र अन्तरिक्षयात्री ल्याउन स्पेसएक्सले पठायो अन्तरिक्षयान

वासिङटन डीसी । अमेरिकी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले अन्तरराष्ट्रिय स्पेश स्टेशन (आईएसएस) का लागि नयाँ क्रु बोकेको रकेट लञ्च गरेको छ । यो यानमा जापान र रुसका एकेक जना र अमेरिकाका दुई अन्तरिक्षयात्री छन् ।
यो यान फर्किदा ९ महिनादेखि आईएसएसमा अलपत्र रहेका अमेरिकी अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र बुच विलमोर पृथ्वीमा फर्किनेछन् । जुनको सुरुमा ८ दिनका लागि मात्रै भनेर आईएसएसमा गएका यी दुई जना अहिलेसम्म उतै छन् ।
यी दुवैलाई बोकेर गएको बोइङको स्टारलाइनरमा समस्या आएपछि केही महिनापछि उक्त यान रितै फर्काइएको थियो । यसअघि पनि पटक पटक उनीहरूलाई फर्काउने मिसन पछाडि सर्दै आएको थियो ।
दुई दिनसम्म आईएसएसको ह्यान्ओभरको काम सकिएपछि स्पेश एक्सको यान फर्किने नासाले बताएको छ । पृथ्वीको वातावरणीय अवस्थाले पनि फिर्तीमा असर गर्ने भएकोले केही ढिलो हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधारभूत सहकारीको साढे १४ करोड हिनामिना, अध्यक्षसहित ९ जना अझै फरार
-
कर्मचारीको कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुनेमा जोड
-
पत्रकारहरूलाई संसदीय समितिको बैठकमा रोक लगाउनुपर्छः एमाले सांसद पन्त
-
शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जना प्रहरीकाे नियन्त्रणमा
-
सेवानिवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्छः हितराज पाण्डे
-
कर नबुझाउने १२२ करदातामाथि कारबाही