‘स्ववियु कुनै सत्ता होइन, एउटा वैधानिक प्रतिपक्षी मञ्च हो’

काठमाडौँ । संगमकुमार लामा तामाङ रत्न राज्यलक्ष्मी क्याम्पसमा स्ववियु अध्यक्ष पदको प्रत्याशी हुन् । अखिल (क्रान्तिकारी) बाट उम्मेदवार रहेका उनलाई वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र अखिल (समाजवादी) को साथ रहेको छ ।
यसै सन्दर्भमा उनको उम्मेदवारी र भावी योजनाको बारेमा गरिएको संक्षिप्त कुराकानी :
स्ववियु कस्तो हुनुपर्ने हो ? कस्तो भइरहेको छ ?
-समयको बदलाव अनुरूप स्ववियुले आफूमा बदलाव ल्याउन सकेको छैन । उनीहरू पुरानै दलगत आबद्धताको ह्याङबाट बाहिरिन सकिरहेका छैनन् । हामी चाहन्छौँ, स्ववियु सम्पूर्ण आम विद्यार्थीहरूको साझा प्रतिनिधि संस्था बन्न सकोस्, प्रतिपक्षी मञ्चको रूपमा उभिइरहन सकोस्। कसैको सत्ताको गढ नबनोस्। स्ववियु कुनै सत्ता होइन, एउटा वैधानिक प्रतिपक्षी मञ्च हो।
तपाईं भन्नुहुन्छ स्ववियु दलगत आबद्धताको सिकार बन्यो, तपाईं आफै पनि एउटा दलको भातृ संगठनको प्रतिनिधित्व गर्नुहुन्छ ? तपाईंले नेतृत्व गर्नुहुने स्ववियुमा दलगत ह्याङको गन्ध आउँदैन भन्ने ग्यारेन्टी कसरी गर्ने ?
–हो, म एउटा दलसँग निकट भातृ संगठनको प्रतिनिधित्व गर्दछु। तर, मलाई आफ्नो सम्बन्धको सीमा र दायरा राम्रो सँग थाहा छ। म विद्यार्थी राजनीति गर्दैछु भने मेरो पहिलो प्राथमिकता विद्यार्थी र तिनका मुद्दा बन्नुपर्छ। दल सँगको मेरो आबद्धता उक्त दलले बोक्ने सिद्धान्तसँगको निकटता मात्र हो भन्नेमा म प्रतिबद्ध छु।
मेरो वैचारिक निकटता बाहेक अन्य कुनै दलगत ह्याङले मलाई मेरो विद्यार्थी प्रतिको कर्तव्यबाट विमुख गर्न सक्दैन र प्रष्टताका साथ भन्न चाहन्छु दलगत इन्ट्रेस्ट र विद्यार्थीको मुद्दा बिच टकराब आयो भने स्ववियुको यो प्रतिपक्षी मञ्च मेरै दलको विपक्षीमा पनि खडा गर्न मलाई रत्ती भर पनि सङ्कोच लाग्नेछैन।
तपाईं अहिले रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियुमा ‘अध्यक्ष’ पदको प्रत्याशी हुनुहुन्छ। तपाईं निर्वाचित हुनुभयो कस्तो आरआर बनाउने परिकल्पना गरिराख्ने भएको छ ?
–हामीले हिजो मात्रै हाम्रो प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छौँ। विस्तृत रूपमा सबैले त्यो मार्फत हाम्रो योजना र प्रतिबद्धता हेर्न सक्नुहुन्छ ।
मूलभूतरुपमा भन्नुपर्दा, आरआर देशकै ठुलो मानविकी क्याम्पस हो र यो देशमा मानविकी अध्ययनलाई कमजोर विषयमा हेर्ने गरिन्छ जुन सत्य सत्य होइन। मानविकीको अध्ययनले समाजलाई दिशा देखाउन मदत पुर्याउँछ र राष्ट्रलाई मार्गनिर्देशन गर्छ भन्ने हामीले विश्वास गर्छौँ। हामी सोही अनुरूप को आर आर क्याम्पस निर्माण गर्न चाहन्छौँ। मानविकी अध्ययनको परिभाषा बदल्न चाहन्छौँ।
इन्क्लुसिभ मेरिटोक्रेसीको आधारमा छात्रवृत्ति, विषयको विशेषताका आधारको इन्टर्नसिप, रिसर्च ग्रान्टको ग्यारेन्टी, स्टुडेन्ट एक्सचेन्ज प्रोग्रामको थालनी, आरआर फेस्टिभल्स र आरआर डिस्कोर्स क्लबको स्थापना लगायतका हाम्रा मुख्य भिजनहरू छन् ।
यी बाहेक नियमित र सामान्य देखिने धेरै विषय हामीले सुधार्नु पर्ने छ। आफूले फर्केर हेर्दा आफूले अध्ययन गरेको क्याम्पस गर्व गर्न लायक बनाउन म प्रतिबद्ध छु। बाँकी हामीले १६औँ स्ववियुका लागि १६ औँ प्रतिबद्धता भनेर सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनप्रसाद सुब्बाका तीन कविता
-
घण्टौँ विवाद भइरहँदा पुगेन प्रहरी, सानो विवादमै चल्यो गोली
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
नेविसंघले अनैतिक हर्कत गरेर स्ववियु निर्वाचन भाँड्न खोजेको अनेरास्ववियुकाे आरोप
-
ट्याक्सी चालकको हत्या र लुटपाट गरी फरार १५ वर्षपछि पक्राउ
-
अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ