शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्‍याली

शनिबार, ०२ चैत २०८१, १४ : ०८
शनिबार, ०२ चैत २०८१

बेलग्रेड । सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन्। गत नोभेम्बरमा नोभी साड सहरमा रेलवे स्टेसनको छत भत्किँदा १५ जनाको मृत्यु भएपछि सुरु भएको भ्रष्टाचार विरोधी आन्दोलनको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन हो । 

राष्ट्रपति अलेक्जेन्डर वुकिचको सङ्कटग्रस्त सरकारका समर्थकहरू पनि राजधानीमा भेला भइरहेका छन् यसले त्यहाँ झडपको जोखिमबारे चिन्ता बढ्दै गएको छ।  युरोपेली सङ्घ र संयुक्त राष्ट्रसङ्घ दुवैले शुक्रबार सरकारलाई प्रदर्शन गर्ने अधिकारको सम्मान गर्न अपिल गरेका छन् ।

रेलवे स्टेशनको दुर्घटनाले कथित भ्रष्टाचार र निर्माण परियोजनाहरूमा ढिलासुस्तीको कारण लामो समयदेखि तिक्ततालाई प्रज्वलित गरहेको छ ।  हप्तौँदेखि विद्यार्थी नेतृत्वले सर्बियाका प्रमुख सहरमा र्याली निकाल्दै आएका छन् । उनीहरूले आफ्नो भ्रष्टाचार विरोधी अभियानलाई ग्रामीण वस्ती र शहरहरूमा पनि लगेका छन् जुन लामो समयदेखि भुसिकको सरकारको समर्थनको मेरुदण्ड हो।

विद्यार्थी नेतृत्वको आन्दोलन शनिबार बेलग्रेड फर्केपछि सरकारमाथि थप दबाब बढ्ने सम्भावना छ । आन्दोलनका कारण प्रधानमन्त्रीसहित केही उच्च पदस्थ अधिकारीहरूले हालैका महिनाहरूमा राजीनामा दिइसकेका छन्।

‘मलाई दबाब पर्ने छैन’ 

तर सरकारका समर्थकहरू पनि राजधानीमा भेला भइरहेका छन् । दक्षिणपन्थी समूह र लडाकू (मिलिशिया) सदस्यलगायत समूहहरूले सरकारको पक्षमा संसद नजिकै ब्यारिकेडहरू खडा गरेका देखिएको छ । 

यसले गर्दा शनिबार संसदसम्म मार्च गर्ने तयारीमा रहेका विद्यार्थी नेतृत्वको प्रदर्शनकारीसँग मुठभेड हुने डर बढेको छ । शुक्रबार साँझ दङ्गा प्रहरी ब्यारिकेड र खेती गर्ने ट्याक्टरले घेरिएको शिविर नजिकैबाट बाहिर निस्केको थियो।

व्यापक विरोधप्रदर्शन गर्न पछि नहट्ने कसम खाएर प्रदर्शनकारीहरू शहरभित्र पस्न थालेपछि वुसिकले एक राष्ट्रिय टेलिभिजन सम्बोधनको क्रममा भने, ‘म सर्बियाको राष्ट्रपति हुँ र म सडकमा यो देशको नियम बनाउन दिने छैन।’

उनले हिंसात्मक गतिविधि नगर्न सबै पक्षलाई आह्वान गर्दै अत्यधिक बल प्रयोग नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । 
राजधानीमा प्रदर्शनमा उत्रिएका विद्यार्थी प्रदर्शनकारीलाई स्वागत गर्न शुक्रबार राति सर्बियाका विभिन्न शहरबाट हजारौँको सङ्ख्यामा अभियानका समर्थक, शुभचिन्तक तथा आन्दोलनकारी बेलग्रेडका सडकमा लामबद्ध भएका छन् ।

बेलग्रेडस्थित अर्थशास्त्र संकायकी २० वर्षीया छात्रा तिजाना डुरिकले भने, ‘यहाँ पक्कै पनि हिंसा हुने छैन किनभने हामी सबै मार्च गर्ने र सर्बियालाई स्वतन्त्र पार्ने नेतृत्वलाई स्वागत गर्ने एउटै उद्देश्यका साथ आएका हौँ ।’

 ‘तनाव’
यद्यपि केही विश्लेषकहरूले स्थिति अझ तनावपूर्ण हुनसक्ने सक्ने चेतावनी दिएका छन्। राजनीतिक विश्लेषक श्रदजन भिजिकले भने, ‘सरकारले तनाव बढाउने प्रयास गरिरहेको छ र हामी यो अरू केही दिनका लागि देख्न सक्नेछौँ।’

सरकार समर्थित मिडियाले विद्यार्थीहरूले ‘कू’ गर्ने योजना बनाइरहेको भन्दै भड्काउ आरोपहरू प्रसारण गरेका छन्। यसअघि वुसिकले प्रदर्शनकारीले ‘ठूलो मात्रामा हिंसा’ गरेको आरोप लगाएका थिए । प्रदर्शनको कथित प्रतिकूल कभरेजको जवाफमा सोमबार सरकारी प्रसारक आरटीएसको प्रवेशद्वार अवरुद्ध गर्ने प्रदर्शनकारीहरूसँग प्रहरीले केही बेर झडप गरेको थियो।

वसन्त ऋतुको संसदीय सत्रको पहिलो दिन गत हप्ता विपक्षी सांसदहरूले प्रदर्शनलाई समर्थन जनाउन मसाल जुलुस गरेका थिए ।  झडपका क्रममा कैयौँ सांसद घाइते भएको सरकारले जनाएको छ । तर वुसिकले शनिबार ‘अन्तिम’ प्रदर्शन हुने चेतावनी दिए पनि विद्यार्थी प्रदर्शनकारीहरूले जवाफदेहिताको माग पूरा नभएसम्म ¥याली जारी राख्ने बताएका छन् ।

एक विद्यार्थी समूहले अनलाइनमार्फत् सार्वजनिक पोस्टमा भनिएको छ,  ‘यदि हाम्रा मागहरू पूरा भएनन् भने, हामी सडकमा अवरोध गर्दै थप आन्दोलनमा सरीक हुनेछौँ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप