मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

‘ग्रिन कार्ड हुँदैमा सधैँ अमेरिका बस्ने अधिकार छैन’

शनिबार, ०२ चैत २०८१, १३ : २०
शनिबार, ०२ चैत २०८१

वासिङ्टन डीसी । ग्रिन कार्ड धारकहरूलाई सधैँभरि अमेरिकामा बस्ने अधिकार नभएको उच्च अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक टिभी च्यानललाई दिएको अन्तरवार्तामा यस्तो भनेका हुन् । ग्रिन कार्ड हुनुको अर्थ कुनै व्यक्तिलाई अमेरिकामा सधैँभरि बस्ने अधिकार मिल्छ भन्ने नभएको उनको भनाइ थियो ।  

सरकारलाई ग्रीन कार्ड धारकहरूलाई देशबाट निकाला गर्ने अधिकार भएको उनले बताएका थिए । ग्रिन कार्डलाई कानुनी रूपमा स्थायी बासिन्दा कार्ड भनेर चिनिन्छ । यसले विदेशीहरूलाई अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्ने अधिकार पनि दिन्छ । सर्त एउटै हो कि ऊ अध्यागमन कानुन उल्लङ्घन गर्ने अपराधमा संलग्न हुनुहुन्न । 

न्यूयोर्क पोस्टले रिपोर्ट गरेको छ कि भान्सको भनाइले ग्रीन कार्ड धारकहरूमा आफूहरूलाई अचानक देश निकाला गर्ने पो हो कि भनेर चिन्ता बढाउने देखिएको छ । धेरै वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका र कानुनी प्रक्रियाहरू पालना गरेका आप्रवासीहरूमा राजनीतिक निर्णयहरूले उनीहरूको स्थायी बसोबासलाई असर गर्न सक्छ भन्ने डर उत्पन्न हुने खतरा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप