शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

‘विश्वको सबैभन्दा खतरनाक आतंककारी’ मारिएको दाबी

शनिबार, ०२ चैत २०८१, १२ : १९
शनिबार, ०२ चैत २०८१

बगदाद । इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले सैन्य कारबाहीमा इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) का एक वरिष्ठ नेता मारिएको दाबी गरेका छन्। इराकी राष्ट्रिय गुप्तचर सेवाले अमेरिकी नेतृत्वको गठबन्धन सेनासँगको सहकार्यमा यो अपरेसन गरेको थियो।

सुदानीका अनुसार अब्दुल्लाह मक्की मुसलिह अल-रिफालाई इराक र विश्वको सबैभन्दा खतरनाक आतंककारीहरू मध्ये एक मानिन्थ्यो। उनलाई अबु खादिजा पनि भनिन्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना निडर योद्धाहरूले उनीहरूलाई अथक रूपमा पछ्याएको जिकिर गरेका छन् । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले एक्समा यस कारबाहीको एउटा भिडियो पोस्ट गरेको छ । यो आक्रमण बिहीबार इराकको पश्चिमी अल अन्बर प्रान्तमा गरिएको बताइएको छ।

रिफाले आईएसको सबैभन्दा वरिष्ठ निर्णय लिने निकायको नेतृत्व गरेको र आईएसको विश्वव्यापी सञ्चालन र योजनाको लागि जिम्मेवार रहेको अमेरिकी केन्द्रीय कमान्डले बताएको छ। उनले विश्वव्यापी आईएस संगठनको लागि कोषको ठुलो हिस्सा पनि व्यवस्थापन गर्थे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?