ब्रेकअपको खबरबिच सँगै देखिए तमन्ना र विजय

मुम्बई । केही समय अघि बलिउड अभिनेत्री तमन्ना भाटियाको अभिनेता विजय वर्मासँग ब्रेकअपको खबर बाहिर आएको थियो। समाचारका अनुसार, तमन्ना सम्बन्धलाई थप अगाडि बढाउन चाहन्थिन्, जबकि विजय वर्मा अझै यसको लागि तयार थिएनन्। त्यही भएर दुवै जना अलग भए।
यसैबिच तमन्ना र विजय होली मनाउन रवीना टन्डनको घरमा पुगेका छन्। जसको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। बलिउड बबलले एउटा भिडियो सेयर गरेको छ, जसमा उनीहरू दुवै रविनाको घरमा प्रवेश गरिरहेको देखिन्छ।
तमन्ना र विजय सँगै भने आएका थिएनन् । यो भिडियो हेरेपछि धेरैले यी दुईको अझै ब्रेकअप नभएको अनुमान लगाइरहेका छन् ।
यसअघि पनि दुवै जना हरेक कार्यक्रम र उत्सवमा सँगै देखिन्थे। पछिल्लो पटक डिसेम्बर २५ मा क्रिसमसको अवसरमा दुवै जना सँगै देखिएका थिए। तमन्ना र विजय दुवैले ब्रेकअपको बारेमा केही पुष्टि गरेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताको असन्तुष्टिलाई धमिलो पानी बनाई राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्र हुँदैछ : मोर्चा
-
दरबार हत्याकाण्डको छानबिन गर्ने कुरा भूमिगत हुँदादेखि नै उठाएको हुँ : प्रचण्ड
-
दीपेन्द्रको विस्फोटक ब्याटिङ र ललितको घातक बलिङसामु निरीह बन्यो मधेस
-
आँधीका कारण अमेरिकामा वनमा लागेको आगो नियन्त्रण बाहिर, तीन जनाको मृत्यु
-
२४ घण्टामै युक्रेन युद्ध सल्टाउँछु भनेर ठट्टामा भनेको थिएँ : ट्रम्प
-
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने (विज्ञप्ति)