शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश राउतद्वारा उपभोक्ता अदालतको उद्घाटन

शनिबार, ०२ चैत २०८१, १० : ५५
शनिबार, ०२ चैत २०८१

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उपभोक्ता अदालतको उद्घाटन गरेका छन् । शनिबार विश्व उपभोक्ता दिवसका अवसरमा प्रधानन्यायाधीश राउतले उपभोक्ता अदालतको उद्घाटन गरेका हुन् । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा ‘स्वच्छ र प्रतिस्पर्धी बजारः उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । उद्घाटनका क्रममा बोल्दै प्रधान न्यायाधीश राउतले गुणस्तरीय वस्तु तथा सेवा गुणस्तरको  मानकका लागि उपयुक्त भएको  बताए ।

‘एकातिर खुला बजार र प्रतिस्पर्धी अर्थतन्त्रको अवस्था छ ।अर्कोतिर गुणस्तर हिन वस्तु तथा बिक्री वितरण बढ्दो छ,’ उनले भने– ‘जसका कारण थुप्रै उपभोक्ता पीडित हुन परेको छ। गुणस्तरीय वस्तु तथा सेवामा पीडित उपभोक्ताको न्यायिक निरुपण  हुनेछ । मेडिकल  नेग्लिजेन्स देखि इन्जिनियरिङसम्मका मुद्दा यस अदालतका विषय रहनेछन् ।

सरकारले संविधानको धारा ४४ को मौलिक हक कार्यान्वयन गर्न २०७५ सालमा उपभोक्ता संरक्षण ऐन जारी गरेको थियो । तर ऐन जारी भएको ६ वर्षसम्म अदालत गठन हुन नसक्दा संविधानको उक्त व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन भने उपभोक्ताले पनि आफू ठगिएको गुनासो लिएर जाने ठाउँ पाएका थिएनन् । तर, अब भने त्यो संविधानको धारा ४४ कार्यान्वयन हुनुका साथै उपभोक्ताहरु आफू ठगिएमा उपभोक्ता अदालतमा जान सक्ने बाटो पनि खुलेको छ ।

उद्घाटनका क्रममा वाणिज्य सचिव गोविन्द कार्कीले उपभोक्ताको हकहितका लागि अदालतले उपभोक्ताको अधिकारको संरक्षणमा ठूलो टेवा पुग्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?