इटालियन सिरी’एमा जेनोआ विजयी
शनिबार, ०२ चैत २०८१, ०५ : ५३

काठमाडौं । इटालियन सिरी’एमा जेनोआ विजयी भएको छ । शुक्रबार राती भएको खेलमा जेनोआले लेसेलाई २-१ ले हरायो । घरेलु मैदानमा जेनोआलाई जिताउन फावियो मिरेट्टीले दोहोरो तथा निर्णायक गोल गरे ।
पाहुना टोली लेसेकातर्फबाट निकोला क्रस्टोभिकले एक गोल फर्काए । सिरी’एमा २९ औं चरणका खेल सुरु हुँदा जेनोआ १२ औं र लेसे १६ औं स्थानमा छन् ।
शीर्ष स्थानको इन्टर मिलानको २८ खेलबाट ६१ अंक छ भने समान खेलबाट ६० अंक जोडेको नापोली दोस्रो स्थानमा छ । यस्तै, ५८ अंक जोडेको एटलान्टा तेस्रो स्थानमा छ । अन्तिम चरणमा आइपुगेर इटालियन सिरी’ए रोचक तथा प्रतिस्पर्धात्मक बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यभामा माथेमाका तीन कविता
-
बेलायतको सर्वोच्च अदालतको फैसला : ट्रान्स महिलाहरू कानुनी रूपमा महिला होइनन्
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'