आज महाकालीको बार कसलाई कति फलदायी ? हेरौं राशिफल

आज विक्रम संवत २०८१ साल चैत्र २ गते, शनिबार । ईश्वी सन् २०२५ मार्च १५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । तिथि–प्रतिपदा, १७ घडी ४१ पला, दिउसो १ बजेर ३० मिनेट उप्रान्त द्धितीया । नक्षत्र–उत्तराफाल्गुनी, ४ घडी ३४ पला, बिहान ८ बजेर ५ मिनेट उप्रान्त हस्त । योग–गंड, १७ घडी ४३ पला, दिउँसो १ बजेर १९ मिनेट उप्रान्त वृद्धि । करण–कौलव, दिउसो १ बजेर २० मिनेट उप्रान्त तैतिल, रातको २ बजेर १६ मिनेट उप्रान्त गर । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ११ मिनेट । दिनमान २९ घडी ५० पला ।
आजको बार बेला
बिहान ०६ बजेर १६ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर १७ मिनेटदेखि बिहान ७ बजेर ४५ मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर ४६ मिनेटदेखि बिहान ९ बजेर १५ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर १६ मिनेटदेखि बिहान १० बजेर ४४ मिनेटसम्म उद्धेग बेला ।
बिहान १० बजेर ४५ मिनेटदेखि बिहान १२ बजेर १४ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर १५ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म लाभ बेला ।
दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर १३ मिनेटसम्म अमृत बेला ।
दिउँसो ४ बजेर १४ मिनेटदेखि बेलुकी ४ बजेर ४२ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ४३ मिनेटदेखि बेलुकी ७ बजेर ४२ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ९ बजेर १४ मिनेटदेखि बिहान १० बजेर ४४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ४१ मिनेटदेखि बिहान ५ बजेर २९ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेकोछ । काममा ढिलासुस्ती हुनेछ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जना गर्नेहरु सक्रिय रहनेछन् । र पनि परिवार तथा आफन्तको साथ छोटो दुरीको रमाइलो यात्रा तय हुनेछ । शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्ब तथा मावली पक्षको सहयोग पाइनेछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जागर बढ्नेछ । विलाशिताले खर्च बढाएपनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेकोछ । आर्थिक समस्या सुल्झाउदै व्यापारमा लगानी बढाउन सकिनेछ । वंश बृद्धिको गतिलो योग रहेकोछ । बौद्धिकताले सम्मान दिलाउनेछ । मन परेको मानिससँग मन परेको ठाउमा घुमघाम गर्न पाउदा मन प्रशन्न हुनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । र, पनि सन्तान तथा आफन्को साथ छोटो दुरीको यात्रा गरि मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) गलत लेखाई अथवा गलत बुझाइले आाफ्नो साख गिर्न सक्छ, ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्रा तय गर्न सकिने भए पनि बढी नै उत्साही हुन खोज्दा नराम्रो घट्ना घट्न सक्छ, ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि नाफा कमाउन बढी नै समय खर्चिनु पर्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) आफन्त साथीभाइ तथा कुटुम्वबाट आउने सुखद समाचारले मन प्रशन्न हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने विशेष गरी होटल तथा रेष्टुरेन्टमा लगानी गर्नेहरुका लागी आजको दिन फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नीबीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । विद्यार्थीहरुले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । गीत संगीतको क्षेत्रमा समय खर्च गर्दै हुनुहुन्छ भने यात्रा हुने योग रहेकोछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महशुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । र, पनि वैदेशिक यात्रा तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हात लागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुष्टि प्राप्त गर्नेछन् ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ भने परिवारका आवश्यकता पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । साथी भाईसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैतृक सम्पतिको प्रयोग गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । अध्ययन वा कामको सवालमा विदेश यात्राको योग रहेकोछ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा समय खर्च गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।
धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे) जानकारीको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होइनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यवसायमा मन्दी आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) साथीभाई तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । छोटो दुरीको धार्मिक यात्रा तथा लामो दुरीको शैक्षिक यात्राको योग रहेकोछ । सन्तान तथा आफन्तसँगको रमाइलो यात्रामा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । धार्मिक पुस्तक अध्ययन गरेर ज्ञानलाई फराकिलो पार्न सकिनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटीले उर्जा तथा आत्मविश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यवसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पत्ति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ, ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला, नराम्रा घट्ना घट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ भने अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडिहरुका लागि समयले साथ दिनेछ । गीत संगीत तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा र राजावादीको सक्रियताबारे मधेसी दलको बुझाइ के छ ?
-
सुनसरीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
सिराहामा एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा
-
फिल्म ‘आमा आज पनि रुन्छिन्’ को शुभमुहूर्त
-
राजकिशोरले संसद्मा नागरिकताको विषय उठाउँदा प्रजिअको गुनासो
-
विवादमा इब्राहिम खान : आलोचकलाई कुट्ने धम्की