जर्मन बुण्डेस लिगा : सेन्ट पोलीले होफेनहाइमलाई हरायो
शनिबार, ०२ चैत २०८१, ०५ : ०६

काठमाडौं । जर्मन बुण्डेस लिगामा सेन्ट पोलीले होफेनहाइमलाई हराएको छ । शुक्रबार राती भएको खेलमा पोलीले हाइमलाई १-० ले हराएको हो ।
घरेलु मैदानमा पोलीलाई विजयी गराउन नूह वेइसहोप्टले निर्णायक गोल गरे । उनले दोस्रो हाफपछि ५१ औं मिनेटमा गोल गरेर टोलीलाई जिताएका हुन् । बुण्डेस लिगामा २६ औं चरणका खेल सुरु हुँदा सेन्ट पोली १५ स्थानमा छ भने होफेनहाइम १३ औं स्थानमा छ ।
शीर्ष स्थानको बायर्न म्युनिखको ६१ अंक पुग्दा समान २५ खेलबाट ५३ अंक जोडेको बायर लिभरकुजेन दोस्रो स्थानमा छ । तेस्रो स्थानको मेन्जको ४४ अंक छ ।