पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना

लिस्बन। नेवाःहरूको पहिचानलाई विदेशमा पनि संरक्षण गर्ने हेतुले पोर्चुगलमा समेत वर्ल्ड नेवाः अर्गनाइजेशन 'डब्लुएनओ' पोर्चुगल च्याप्टर विधिवत रूपमा स्थापना भएको छ । राजेश जोशी अध्यक्ष रहेको यो संस्थामा सुजेन्द्र श्रेष्ठ उपाध्यक्ष , पवनबाबु डंगोल महासचिव, सुनिता रंजित सचिव गणेश श्रेष्ठ कोषाध्यक्ष, समीर श्रेष्ठ सह-कोषाध्यक्ष छन् ।
अनिल श्रेष्ठ, देवनारायण श्रेष्ठ, मथुरा श्रेष्ठ, सुभाष मल्ल, लक्ष्मी श्रेष्ठ, सरोज श्रेष्ठ, निकिता जोशी संस्थाको सदस्य रहेका छन् । जसको सल्लाहकार संजय कोजु र श्याम श्रेष्ठ छन् । अध्यक्ष जोशी भन्छन्, ‘हाम्रो पहिचान भनेकै हाम्रो धर्म, कला, भाषा, संस्कृति हो । यसलाई हामीले गौरव गर्नुपर्छ । यहि हाम्रो अस्तित्व पनि हो । संसारको जुनसुकै कुनामा बसे पनि हामीले यो कुरा कदापि बिर्सिनु हुँदैन’ ।
उनका अनुसार पोर्चुगलमा छरिएर रहेका नेवाःहरूलाई संगठित गर्दै आफ्नो मौलिक संस्कृति विदेशमा पनि प्रवर्द्धन गर्नुका साथै सक्रिय संघ संस्थासँग सन्मन्वय गरेर काम गर्ने योजना छ ।
यसअघि राजेश जोशीकै अध्यक्षतामा नेवाः खःल पोर्चुगल स्थापना गरी विभिन्न कार्यक्रम तथा सहयोग समेत गरिसकिएको बताइएको छ । तर, हाल सो संस्था पूर्णरूपमा विघनट गरेर पोर्चुगलमा मात्र सिमित नभई अन्तर्राष्ट्रियस्तरमा काम गर्ने हेतुले डब्लुएनओ पोर्चुगल स्थापना गरिएको र अब उपरान्त हरेक कार्यक्रम यसैको च्याप्टरमार्फत संचालन गर्ने उपाध्यक्ष सुजेन्द्र श्रेष्ठले जानकारी दिए ।
युरोपका संयोजक कुमार नापितको नेतृत्वमा युरोपमा पोर्चुगल च्याप्टरको स्थापना गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । फागुं पुन्हि होली पर्वको अवसर पारेर नव गठित कार्यसमितिका पदाधिकाकारीमाझ बधाई तथा शुभकामना आदान प्रदान गरिएको श्रेष्ठले बताए ।
बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक संयोजक गुरु सागर श्रेष्ठको अनन्त दाफा खलः पोर्चुगल समूहबाट नेवारी सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीका सात स्थानीय तहमा आज होली मनाइँदै
-
ट्रम्पले भने-युक्रेन युद्धबारे पुटिनसँगको वार्ता ‘सफल एवं सार्थक’
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कहाँ कहाँ हुन्छ आज वर्षा ?
-
इटालियन सिरी’एमा जेनोआ विजयी
-
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
-
आज महाकालीको बार कसलाई कति फलदायी ? हेरौं राशिफल