शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी

शुक्रबार, ०१ चैत २०८१, २३ : ३८
शुक्रबार, ०१ चैत २०८१

काठमाडौं । २०१६ सालमा स्थापित सदूरपश्चिम मै पुरानो क्याम्पस डोटी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिका लागि इन्द्र राणाले दावेदारी पेश गरेका छन् । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध उनले  चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि मनोनयन दर्ता गराएका हुन् ।  

राणाले विद्यार्थीहरूको हकहितका साथै विभिन्न शैक्षिक कार्यक्रम तथा  जीवनोपयोगी क्रियाकलापहरु गराउने प्रयास निरन्तर गर्दै आएका छन्। लिडरसिपमा चासो राख्ने राणा विद्यार्थीका समस्या क्याम्पस प्रशासन एवं व्यवस्थापनसँग सोझै राखेर समाधानको प्रयत्न गर्ने क्षमता राख्दछन् । 

क्याम्पसमा शैक्षिक र सामाजिक वातावरणमा निरन्तर सुधारको प्रयास गरेकै कारण उनी विद्यार्थीमाझ लोकप्रिय छन् । स्ववियु चुनावमा होमिएका उनले भने, ‘मैले क्याम्पसमा आइपर्ने सबैखाने समस्या र विद्यार्थीहरूको हकहितको विषयमा संवेदनशील भएर काम गरिरहेको छु। मेरो उद्देश्य क्याम्पसको शैक्षिक र सामाजिक वातावरणलाई चुस्त, दुरुस्त राख्न पहल गर्नु हो । र, विद्यार्थीहरूको हकहित र प्राप्त सुविधाहरुको सुनिश्चितताका लागि निरन्तर पहल कदमी उठाउनु हो।’ 

राणा डोटी बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि बलियो प्रतिस्पर्धीको रूपमा हेरिएको छ। विद्यार्थीमाझ उनले प्रदर्शीत गरेको शालिनता, शिष्टता र श्रेष्ठताले स्ववियु नेतृत्वको दावेदारको रूपमा उभ्याएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?